काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई आक्रमण गरेको आरोपमा पक्राउ परेका तीन जनालाई धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।
काठमाडौं जिल्ला अदातलका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले पक्राउ परेका तीनै जनालाई जनही एक/एक लाख धरौटीमा छाड्न आदेश दिएको हो ।
अदालतको आदेशपछि दोलखाको तामाकोशी गाउँपालिका–१ का ४८ वर्षीय ललितकुमार केसी र झापाको बुद्धशान्ति गाउँपालिका–४ घर भएकी ५५ वर्षीया सितल राई भनिने सीतादेवी राई धरौटी बुझाएर रिहा भएका छन् ।
अर्का प्रतिवादी हुम्लाको अदानचुली गाउँपालिका–४ घर भएका ३२ वर्षीय महानन्द जैसी भने धरौटी बुझाउन नसकेपछि कारागार चलान भएको प्रहरी वृत्त सिंहदरबारका डीएसपी गंगा पौडेलले बताए ।
धरौटी बुझाउन नसेकका प्रतिवादी जैसी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जुम्लाको उपसभापति हुन् । जैसीले वरिष्ठ अधिवक्त त्रिपाठीमाथि कुनै किसिमको आक्रमण आफूले नगरेको दाबी गरेका थिए ।
अर्का प्रतिवादी केसीले भने आफू सहकारी पीडित रहेको बताएका थिए । प्रतिवादी राईले भने आफू कुनै पनि संघसंस्था तथा पार्टीमा आवद्ध नरहेको बताएकी थिइन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।