शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

सिन्धुलीमा ईभी दुर्घटना : एक जनाको ज्यान गयो

सिन्धुलीमा ईभी दुर्घटना : एक जनाको ज्यान गयो

  • मिडिया डबली डेक्स
  • शुक्रवार, माघ २५ २०८१

  • 570
    SHARES

  • सिन्धुलीमा ईभी दुर्घटना : एक जनाको ज्यान गयो
    फाइल तस्बिर

    काठमाण्डौ । झापाबाट काठमाण्डौका लागि छुटेको निजी गाडी सिन्धुलीमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । पाँच जना घाइते भएका छन् । बा १–०३० च ९६४२ नम्बरको विद्युतीय गाडी ( ईभी)  बीपी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–५ मा बिहान दुर्घटना भएको हो ।

    दुर्घटनामा गाडी चालक दोलखाको गौरीशङ्कर गाउँपालिका घर भएका २७ वर्षीय सुशान्त नेपालीको ज्यान गएको सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा घाइते भएकामध्ये मोरङको लेटाङ नगरपालिका–२ का ३४ वर्षीय देवी लिम्बूको अवस्था गम्भीर छ ।

    इलाम देउमाई नगरपालिका–८ का ५३ वर्षीय सनबहादुर तामाङ, काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका–५ का २८ वर्षीया श्वेता गिरी र २८ वर्षीय सञ्जय रोक्का तथा झापाको बाह्रगढी गाउँपालिका–१ का २७ वर्षीय किस्कु मण्डल सामान्य घाइते भएका छन् । उनीहरुको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, माघ २५ २०८१०९:३३:४९

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend