शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

ड्युटीमा रहेका असईको मृत्यु

ड्युटीमा रहेका असईको मृत्यु

  • मिडिया डबली डेक्स
  • शुक्रवार, माघ २५ २०८१

  • 606
    SHARES

  • ड्युटीमा रहेका असईको मृत्यु

    महोत्तरी ।  महोत्तरीको  जलेश्वर जिल्ला प्रहरी कार्यालय कन्ट्रोल रुममा ड्युटी गरिरहेका प्रहरी सहायक निरीक्षक (असई) सुरेन्द्र राम चमारको मृत्यु भएको छ। 

    ड्युटीमै रहेका बेला अचानक श्वास लिन समस्या भएपछि उहाँलाई उपचारका लागि प्रादेशिक अस्पताल जलेश्वर लगिएको थियो। पछि थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिए पनि उनलाई चिकित्सकले मृत घोषणा गरे ।  

    सुगर तथा ब्लडप्रेसर रोगबाट पीडित रहेका असई चमारलाई अचानक श्वास लिन समस्या भएपछि चिकित्सकले सिपिआरसहितको कृत्रिम माध्यमले अक्सिजन पूर्ति गर्ने प्रयास गरे पनि सफल हुन नसकेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी सन्तुलाल प्रसाद जयसवारले बताए। 

    २३ वर्ष १० महिना आठ दिन प्रहरीमा सेवा गरेका असई चमार सात महिना पहिले सिन्धुपाल्चोकबाट सरुवा भई जिल्ला प्रहरी कार्यालय महोत्तरी पुगेका थिए। 

    प्रादेशिक अस्पताल जनकपुरमा मृतक प्रहरीको पोस्टमार्टमपछि शव परिवारको जिम्मा लगाएको डिएसपी जयसवारले बताए। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, माघ २५ २०८१०८:४९:४८

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend