आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images
राजनीतिक बिशेष

विद्यादेवी हुँदा लुरुलुरु शीतल निवास जाने एमाले रामचन्द्रले बोलाउँदा झनक्क

विद्यादेवी हुँदा लुरुलुरु शीतल निवास जाने एमाले रामचन्द्रले बोलाउँदा झनक्क

  • मिडिया डबली
  • मंगलवार, भाद्र ५ २०८०

  • 2.5K
    SHARES

  • विद्यादेवी हुँदा लुरुलुरु शीतल निवास जाने एमाले रामचन्द्रले बोलाउँदा झनक्क

    काठमाडौं - विद्यादेवी भण्डारी राष्ट्रपति हुँदा शीतल निवासमा भएका हरेक भेटघाटमा एमाले अध्यक्ष केपी ओली जाने गर्थे ।

    एमालेका अधिकांश नेताहरूको बास शीतल निवासमै हुने गथ्र्यो । तर, अहिले राष्ट्रपतिमा रामचन्द्र पौडेल आएसँगै एमालेले छोइछिटो गरेको छ । राष्ट्रपति पौडेल मंगलबार बिहान शीतलनिवासमा सर्वदलीय बैठक डाकेका थिए ।

    तर प्रमुख प्रतिपक्षी दल एमालेले बैठक बहिष्कार गरेको छ । बिहान साढे ८ बजे शीतल निवासमा बोलाइएको बैठकमा एमाले नेताहरू सहभागी भएनन् ।

    राष्ट्रपति पौडेलले अनावश्यक सक्रियता देखाएका भन्दै सर्वदलीय बैठकमा एमाले सहभागी नभएको उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले बताएका छन् ।

    राष्ट्रपति पौडेलले संसद्को गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसँग छलफल गरेका थिए । राष्ट्रपति भएपछि पौडेलले सबै दलका शीर्ष नेतासँग भेटघाट गरेका थिएनन् ।

    सबै दलका शीर्ष नेतासँग भेटघाट पनि गर्ने र सदनको अवरोध खुलाउन पहल गर्ने उद्देश्यले पौडेलले सर्वदलीय बैठक बोलाएका थिए । तर एमाले नेताहरूले सौहार्दता देखाउन सकेनन् ।

    जसकारण आजका लागि बोलाइएको संसद् बैठक पनि प्रभावित हुने सक्ने सत्तापक्षीका सांसदहरूले आकलन गरेका छन् । आजै प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठक बोलाएका छन् ।

    बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बस्नेछ। बैठकमा सुन तस्करी प्रकरणबारे अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति बनाउन कार्यविधि बनाउने जिम्मा दिएका तीन दलका नेताहरुले तयार पारेको कार्यविधिमाथि छलफल हुने बताइएको छ।

    साथै, संसदको अवरोध हटाउने बारेमा पनि छलफल हुनेछ। आज दिउँसो २ बजे बस्ने शीर्ष तीन दलका नेताहरुको बैठकले सो कार्यविधि उच्चस्तरीय छानबिन समिति बनेमा अन्तिम रुप दिने बताइएको छ।

    कार्यविधि तीन शीर्ष नेताबाट पारित भए आजको संसद् अवरोध हट्ने छ ।आज राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्दैछ भने प्रतिनिधिसभाको बैठक दिउँसो ३ बजे बस्नेछ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend