काठमाडौं - बिहीबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा हुने भएको छ ।
भोटो जात्राको अवसरमा सरकारले बिहीबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । राष्ट्राध्यक्षको उपस्थितिमा हरेक वर्ष ललितपुरको जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाउने प्रचलन छ ।
भोलि राष्ट्रपति रामचन्द्र पौडेल जावलाखेल जाने कार्यक्रम तय भएको छ । जेठ ५ गते संघीय संसदको दुवै सदनमा सरकारको नीति तथा कार्यक्रम वाचन गरेका पौडेल विरामी भई उपचार गराएपछि पहिलोपल्ट सार्वजनिक कार्यक्रममा उपस्थित हुन लागेका हुन् ।
एक महिना लामो मच्छिन्द्रनाथको जात्रा १३०० वर्षअघि नै सुरु भएको मानिन्छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।