काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सवारीमा तामझाम नगर्ने आफ्नो बचन पुरा गरेका छन्। उनी सामान्य सवारीमै कुमारी घर पुगेका छन्। राष्ट्रपति पौडेल कुमारी घर पुग्दा कुनै सवारीलाई रोकतोक थिएन।
कुमारी घरभित्र प्रवेश गर्नुअघि पनि पैदलयात्री र सर्वसाधारणको सवारीलाई आउजाउमा रोक लगाइएको थिएन। दिउँसो ४ बजे अघिपछि एक एकवटा गाडीसहित पौडेल कुमारी घर आइपुगे। कारगेटमा सुरक्षाकर्मीले प्रयोग गर्ने मोटरबाइकसमेत प्रयोग नगरी पौडेल बसन्तपुरस्थित कुमारी घर पुगेका हुन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।