काठमाडौं । जापान भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीयता र गणतन्त्र आफ्नै नेतृत्वमा आएकाले चुनावमा कांग्रेस र एमाले जसले जिते पनि फरक नपर्ने बताए।
‘कांग्रेस र एमाले जसले बढी सिट ल्याए पनि मैले नै, हामीले नै जिते जस्तो लाग्छ,’ दाहालले भने, ‘मेरो नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएकाले शान्ति सम्झौताले जिते जस्तो लाग्छ। अरु दलले जिते पनि माओवादी आान्दोलनले जिते जस्तो लाग्छ।’
उनले नाम उल्लेख गरेका कांग्रेस र एमाले पहिलो र दोस्रो दलको दौडमा छन्। स्थानीय निर्वाचनमा कांग्रेस पहिलो र एमाले दोस्रो भएका थिए। माओवादी तेस्रो भएको थियो।
दाहालले यसअघि पनि माओवादी यही निर्वाचनमा पहिलो दल हुन नसक्ने बताउँदै समग्रमा दोस्रो दलको दौडमा आफूहरु रहेको बताएका थिए। उनले कम्युनिष्टतर्फ एमालेलाई उछिन्दै आफूहरु पहिलो दल हुन सक्ने पनि उल्लेख गरेका थिए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।