बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

कांग्रेसले बाल नदिएपछि हच्किए प्रचण्ड, समाजवादी केन्द्र बनाउने दाउ तुहियो! 

कांग्रेसले बाल नदिएपछि हच्किए प्रचण्ड, समाजवादी केन्द्र बनाउने दाउ तुहियो! 

  • मिडिया डबली
  • शुक्रवार, श्रावण १३ २०७९

  • 3.0K
    SHARES

  • कांग्रेसले बाल नदिएपछि हच्किए प्रचण्ड, समाजवादी केन्द्र बनाउने दाउ तुहियो! 

    काठमाडौं । नेकपा माओवादी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्काल समाजवादी केन्द्र नबन्ने दाबी गरेका छन्। 

    माओवादी केन्द्रनिकट पत्रकारको संगठन प्रेस सेन्टरको दोस्रो केन्द्रीय समिति बैठक सम्बोधन गर्दै शुक्रबार प्रचण्डले तत्काल समाजवादी केन्द्र नबन्ने दाबी गरेका हुन्। 

    उनले समाजवादी केन्द्र निर्माणका लागि छलफल नै नभएकोसमेत जिकिर गरे। ‘तत्काल समाजवादी केन्द्र बन्दै छैन,’ अध्यक्ष प्रचण्डले भने, ‘हाम्रो छलफलमा त्यो कुरा भएको छैन।’

    उनले आगामी प्रदेशिक र संघीय निर्वाचनमा एउटै चुनाव चिन्हमा लड्ने कुरा भने भएको स्वीकार गरे। ‘चुनावी मोर्चा वा चुनावी तालमेल हुन सक्छ,’ प्रचण्डले भने, ‘एउटै चुनाव चिन्हमा लड्नेसम्म कुरा भएको छ।’

    तर केही दिनअघि माओवादी केन्द्रका नेता वर्षमान पुनले कांग्रेससँगको गठबन्धन के हुन्छ प्रष्ट नभए पनि समाजवादी केन्द्र बन्ने निश्चित भएको प्रतिक्रिया दिएका थिए।

    ‘माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, बाबुराम भट्टराई र वामदेव गौतमबीच समाजवादी केन्द्र बनाउने सहमति भइसकेको छ,’ पुनले केही दिनअघि नेपालखबरसँग भनेका थिए, ‘चुनावमा हामी मोर्चा बनाएरै जान्छौँ।’

    प्रचण्डले पाँच दलीय गठबन्धन चुनावसम्मै जाने पनि बताएका छन्। 'यो गठबन्धन यो चुनावमा मात्रै होइन, पछिसम्म जान्छ। यही गठबन्धनले शान्ति प्रकृया टुंगो लगाउँछ,’ उनले भने, ‘स्थानीय निर्वाचनको परिणाम राम्रो आएको छैन। कसैले एकलौटी गर्नु जरुरी छैन। त्यसमा काङ्ग्रेस पनि अलिक तयार हुनुपर्छ।’

    प्रचण्डले कांग्रेसँग बार्गेनिङ पावर बढाउन समाजवादी केन्द्र बनाउने तयारी गरेका थिए। तर, कांग्रेसले समाजवादी केन्द्र बनाउँदा कुनै फरक नपर्ने बताउँदै आएको थियो। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend