काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उच्च राजनीतिक संस्कार देखाएका छन्। उनको निर्वाचन क्षेत्र काठमाडौं–४ मा पर्ने बुढानिलकण्ठ नगरपालिकामा एमालेबाट जितेका मेयर र उपमेयरलाई उनले भेटेरै बधाई दिएका हुन्।
राजनीतिक नेताहरुले फरक राजनीतिक दलबाट जितेकाहरुलाई विरलै बधाई र शुभकामना दिन्छन्। तर, गगनले नगरपालिकाको कार्यालयमै पुगेर मेयर र उपमेयरलाई बधाई दिएका हुन्। बुढानिलकण्ठको मेयरमा एमालेका मिठाराम अधिकारी निर्वाचित भएका थिए। उपमेयरमा पनि एमालेकै अनिता लामा विजयी भएकी थिइन्।
‘आज बूढानीलकण्ठ नगरपालिकामा गएर नव निर्वाचित प्रमुख र उपप्रमुखलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै ‘समुन्नत नगर’ बनाउने अभियानमा नगर नेतृत्व अग्रसर रहनेछ भन्ने अपेक्षा राखेको छु,’ मेयर र उपमेयरलाई बधाई दिएपछि थापाले भनेका छन्, ‘साथै जनमुखी कार्यमा सदैव आफ्नो साथ रहने प्रतिबद्धता समेत व्यक्त गरेको छु।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।