शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images
आजको विशेष

कांग्रेसले ओली सरकारको पालामा भएका भ्रष्टाचार पुस्तिका बनाएर गाउँगाउँ लग्यो

कांग्रेसले ओली सरकारको पालामा भएका भ्रष्टाचार पुस्तिका बनाएर गाउँगाउँ लग्यो

  • मिडिया डबली
  • बुधवार, चैत्र ३० २०७८

  • 9.3K
    SHARES

  • कांग्रेसले ओली सरकारको पालामा भएका भ्रष्टाचार पुस्तिका बनाएर गाउँगाउँ लग्यो

    काठमाडौं - एमाले सरकारको पालामा भ्रष्टाचार भएका विभिन्न काण्डलाई पुस्तिका बनाएर नेपाली कांग्रेसले गाउँगाउँ लगेको छ ।

    स्थानीय निर्वाचन अभियानअन्तर्गत एक महिनासम्म जिल्ला जिल्लामा पुगेका कांग्रेस केन्द्रीय सदस्यहरूले केपी ओली सरकारका पालामा भएका भ्रष्टाचारलाई गाउँगाउँमा लगेको हो ।

    ‘केन्द्रदेखि स्थानीय सरकार सञ्चालन गर्दा भएका आर्थिक एवं प्रशासनिक अनियमितताका विषय र खासगरी एमालेका वर्तमान अध्यक्ष केपी ओलीले सरकार सञ्चालन गर्दा भएका सेक्युरिटी प्रेस काण्ड, यती काण्ड, ओम्नी काण्ड, कोरोनाको खोप खरिदमा कमिसनका खोप आउन नसकेको कुरा, कोरोनाकलामा विदेशबाट अलपत्र श्रमिक उद्धारको चार्टर उडानमा गरिएको भ्रष्टाचारजस्ता अनियमितता जनताबिचमा उजागर भएका छन्,’ अभियानबारे कांग्रेसले भनेको छ, ‘कतिपय जिल्लामा नेपाली कांग्रेसका सरकारले गरेका काम र विपक्षीले गरेका भ्रष्टाचारको बारेमा पुस्तिका नै बनाएर वितरण भएको छ।’

    अभियानअन्तर्गत तत्कालीन प्रधानमन्त्री ओलीले संविधानले नदिएको अधिकार प्रयोग गरी दुई–दुईपटक गरेको प्रतिनिधिसभा विघटनको सिफारिस अदालतले बदर गरेपछि संविधान बचाउन कांग्रेसले अन्य दलको अनुरोधमा सरकारको नेतृत्व सम्हाल्ने अवस्था आएको कुरा जनतालाई बुझाउन यो अभियान सफल भएको कांग्रेसको निष्कर्ष छ।

    माओवादी केन्द्र र एकीकृत समाजवादी, साना कम्युनिस्ट पार्टीले अमेरिकी सहयोग परियोजना एमसीसीबारे फैलाइएका भ्रमबारे कांग्रेसले जनस्तरमा प्रस्ट पार्ने कामसमेत गरेको छ ।

    कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले एमसीसीबारे गाउँगाउँमा व्यापक भ्रम फैलाएको पाइएको बताए । एमसीसीका सन्दर्भमा फैलाइएका भ्रम र अफवाहलाई चिर्न सो अभियान सफल भएको पनि कांग्रेसको दाबी छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend