धनकुटा - ‘गाउँगाउँ जाऔं कांग्रेस जिताऔं’ अभियाअन्तर्गत धनकुटामा कांग्रेसप्रति ठूलो आकर्षण देखिएको छ ।
नेपाली कांग्रेस छथर जोरपाटी–१ कार्यसमितिले आयोजना गरेको अभियानमा कांग्रेस केन्द्रीय सदस्य रामहरि खतिवडाले धनकुटामा कांग्रेसका सबै कार्यकर्ता इमान्दारसाथ लागे स्थानीय चुनाव जित्ने ठूलो अवसर भएको बताए।
३० वर्षसम्म धनकुटाका जनताले कम्युनिस्टलाई जिताए पनि विकास सधैं हारिहेको उनले आरोप लगाए ।
‘यहाँ हरेक साथीहरुले प्रत्यक घरघर टोलटोलमा मजवुदको साथ लाग्नु । कांग्रेसले गरेको कामहरु वारेमा भन्नु बुझाउनु सम्झाउनु । कम्युनिस्टहरु आकाशमै फूल पार्छन्, चल्ला बनाउँछन् र सबै सपनमै देखाउँछ,’ खतिवडाले भने, ‘कहिले पानीजहाज, कहिले घरघरमा ग्यास, पाँच हजार रुपैया घरघरमा दिन्छौ भनेको सबै झुटो सावित भयो ।’
कम्युनिस्टहरु सधैं सपना मात्र देखाउने भएकाले अबको चुनावमा भोट नदिन अनुरोध गर्न आफूरूले अभियान थालेको उनको भनाइ थियो । ‘एमाले जहिले झुटको खेती गर्ने पार्टी हो । यसको विश्वास् नगर्नुस्,’ उनले भने ।
केन्द्रीय सदस्य तथा पूर्वमन्त्री सुनिल थापाले ३० वर्षसम्म जितेर केही गर्न नसकेको कम्युनिस्ट पार्टीले धनकुटामा मात्र होइन नेपालको पनि कहिल्यै विकास नगर्ने ठोकुवा गरे ।
उनले सांसद विकासको ३५ करोड रुपैयाको हिसाव किताव जनतालाई देखाउनुपर्ने बताए । ‘मैले कोभिडको वेला ६० वटा स्वास्थ्य चौकीमा स्वास्थ्य सामग्री पुर्याउन जाँदा जनतालाई नलिनुसमेत भनेर धम्की दिएका थिए,’ थापाले भने ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।