शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images
राजनीतिक बिशेष

कांग्रेसले चुनावमा गठबन्धन नगर्ने संकेत गरेपछि तिलमिलायो माओवादी, अन्टसन्ट बोल्न थाले नेताहरू

कांग्रेसले चुनावमा गठबन्धन नगर्ने संकेत गरेपछि तिलमिलायो माओवादी, अन्टसन्ट बोल्न थाले नेताहरू

  • मिडिया डबली
  • शुक्रवार, चैत्र ४ २०७८

  • 5.5K
    SHARES

  • कांग्रेसले चुनावमा गठबन्धन नगर्ने संकेत गरेपछि तिलमिलायो माओवादी, अन्टसन्ट बोल्न थाले नेताहरू

    काठमाडौं - नेपाली कांग्रेसले आगामी निर्वाचन आफ्नै बलबुत्तामा लड्ने संकेत गरेपछि माओवादी केन्द्र तिलमिलाएको छ ।

    कम्युनिस्टसँग भर गर्न नहुने भन्दै कांग्रेसको युवा नेतृत्व एक्लै निर्वाचनमा लड्ने गरी अघि बढेपछि माओवादी नेताहरूको सातो गएको छ ।

    ०७४ सालको निर्वाचनमा पनि कांग्रेससँग सरकारमा रहेको माओवादी केन्द्रले एमालेसँग तालमेल गरेर कांग्रेसलाई ठूलो धोका दिएको थियो ।

    जसकारण कांग्रेसले करारी पराजय बेहोर्नु परेको थियो । यसपटक पनि माओवादीले त्यस्तै रवैया देखाएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, वर्षमान पुनलगायतका नेता अहिले कांग्रेसले पेलिरहे एमालेसँग चुनावी तालमेल हुन्छ भनेर बर्बराउन थालिसकेका छन् ।

    हरेक दिनका उनीहरूको भाषण कांग्रेसलाई गाली गर्नमै बितेको छ । कांग्रेसलाई यसरी घुर्की दिन थालेका छन् कि उनीहरूको हैसियत कुन अवस्थामा पुगिसकेको रहेछ भन्ने पुष्टि हुन्छ ।

    यतिबेला माओवादी अध्यक्ष प्रचण्ड बिहान कांग्रेससित चुनावी तालमेल हुन्छ भन्छन् । दिउँसो एमालेसँग तालमेल हुनै सक्दैन भन्न सकिन्न अनि साँझमा एक्लै चुनाव लड्न सक्षम छौं भन्न थालेका छन् ।

    सोही पार्टीका नेता वर्षमान पुनले त पाँच वर्षका लागि सडकमा पछारिएको कांग्रेसलाई आफूहरुले सत्तामा पुर्‍याएको टिप्पणी गरेका छन्।

    कांग्रेसका केही नेतामा उन्माद देखिएको भन्दै उनले सत्ता गठबन्धनमा आवद्ध अरू दललाई सार्वजनिक टिप्पणीमार्फत हेप्न र अपमान नगर्न कांग्रेस नेताहरूलाई बिहीबार चेतावनी दिए।

    पुनले सत्तामा रहेकालाई सडकमा र सडकमा रहेकालाई सत्तामा पुर्‍याउने हैसियत आफूहरूको रहेकाले विचार गरेर बोल्न सचेत गराए। ‘पाँच वर्षका लागि सडकमा पुगेको कांग्रेसलाई बुई चढाएर हामीले सत्तामा पुर्‍याएका हौं।

    आज केही कांग्रेस नेतामा सत्ता उन्माद देखिएको छ’, माओवादी लुम्बिनी प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पुनले भने, ‘कांग्रेसका केही नेताले माओवादी केन्द्र र सत्ता गठबन्धनमा सहभागी दललाई हेप्ने, अपमान गर्ने र सार्वजनिक टिप्पणी गर्ने गरेका छन्। हामी सरकार बनाउन सक्छौं, भत्काउन पनि सक्छौं। सडककालाई सत्तामा र सत्ताका लागि सडकमा पुर्‍याउने ताकत हामीसँग छ। यो कांग्रेस नेताहरुले बुझ्न जरुरी छ।’

    प्रचण्ड र वर्षमान पुन हदभन्दा बढी ओर्लिएर कांग्रेस नेताहरूविरुद्ध बोल्न थालेपछि केही दिनभित्र गठबन्धनमा संकट आउने राजनीतिक विश्लेषकहरूले विश्लेषण गर्न थालेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend