काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दल नेपाली कांग्रेसलाई आफ्नो नीतिमा अरुलाई हिँडाउन आग्रह गरेका छन् ।
कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन सत्रमा शुभकमना व्यक्त गर्दै ओलीले कांग्रेस अरुको पछाडि हिँडेको भन्दै आफ्नो पछाडि अरुलाई हिँडाउन आग्रह गरे ।
ओलीले भने, ‘नेपाली कांग्रेस सबैको साथ लिएर चलोस् । मेरो कुनै आपत्ति छैन तर अरुको नीतिको पछाडि होइन, आफ्नो नीतिमा अरुलाई हिँडाओस् ।’
ओलीले कांग्रेसका सभापति शेरबहादुर देउवालाई सरकारको नेता समेत बन्न व्यंग्य गरे । देउवा प्रधानमन्त्री मात्रै भइरहँदा सरकार चलाउने नेता अरु नै भइरहेकातर्फ संकेत गर्दै ओलीले भने, ‘शेरबहादुरजी प्रधानमन्त्री मात्रै होइन, सरकारको नेता हुनुस् भन्ने मेरो शुभकामना छ ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।