काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा चर्चित युवा नेता गगन थापाले नेकपा एमाले चितवनको सौराहा महाधिवेशनबाट पञ्चायत बोकेर काठमाडौं फर्किएको आरोप लगाएका छन् ।
बागमती प्रदेश सभापतिको उम्मेदवार जगदिश नरसिंह केसीको समर्थनमा मकवानपुरको हेटौंडामा मत माग्दै थापाले एमालेले १०औं महाधिवेशन गरेको चितवनको नारायणी किनारमा लोकतन्त्रलाई सम्पूर्ण सस्कांरसहित तर्पण गरेर पञ्चायत बोकेर काठमाडौं फर्किएको आरोप लगाए ।
नेता थापाले भने, ‘एमालेले पार्टीभित्रको लोकतान्त्रिक संस्कार र विधि पुर्याएर नारायणीमा तर्पिसकेको छ । एमालेले चितवनबाट पञ्चायत बोकेर काठमाडौं गएको छ । एमालेमा पलाएको निरंकुशताले भीम रावलहरु मात्रै होइन, सबै जल्छन् ।’
कांग्रेसले विभिन्न शक्तिसँग लड्न प्रदेश अधिवेशनबाटै सक्षम नेतृत्व चयन गर्दै जानुपर्ने बताएका छन् । आन्तरिक चुनाव भन्दै लरतरो ढंगले अघि बढे चाहे अनुसारको कांग्रेस नबन्ने थापाले बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।