मंगलवार, मंसिर २१ २०७८Dec 07 2021

Logo
images
images
images

गलवान उपत्यकामा मारिएका चिनियाँ सहिदको अपमान गरेको भन्दै ट्राभल ब्लगरलाई ७ महिनाको जेल सजाय

गलवान उपत्यकामा मारिएका चिनियाँ सहिदको अपमान गरेको भन्दै ट्राभल ब्लगरलाई ७ महिनाको जेल सजाय

  • मिडिया डबली
  • शुक्रवार, मंसिर ३ २०७८

  • 1.6K
    SHARES

  • गलवान उपत्यकामा मारिएका चिनियाँ सहिदको अपमान गरेको भन्दै ट्राभल ब्लगरलाई ७ महिनाको जेल सजाय

    बेइजिङ - भारतीय सेनासँग गलवान उपत्यका सीमा भिडन्तमा मारिएका चिनियाँ सहिदहरूको चिहानको छेउमा पोज दिने एक ट्राभल ब्लगरलाई शहीदहरूको प्रतिष्ठा र सम्मान हनन गरेको आरोपमा सात महिनाको जेल सजाय सुनाइएको छ। 

    उत्तरपश्चिम चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रको पिशान काउन्टीको स्थानीय अदालतले पनि उनलाई १० दिनभित्र मिडियामार्फत सार्वजनिक रूपमा माफी माग्न आदेश दिएको थियो।

    images

    सोशल मिडिया प्लेटफर्म टोउटियो न्युजमा सियासियान जयसन नामको प्रयोग गर्ने ब्लग बनाउने लि सिसियनलाई सात महिनाको जेल सजाय सुनाइएको हो । गलवान उपत्याकोका काराकोरम पर्वतमा अवस्थित कांगवाक्सी सहिद कब्रिस्तानमा पुगेका उनले सहिदहरुको अपमान गरेको भन्दै सजाय सुनाइएको हो। 

    उनले पहिलो पटक नाम कुँदिएको ढुङ्गामा पाइला राखेको आरोप लगाइएको छ।  उनले गलवान उपत्यका सीमा झडपमा आफ्नो ज्यान बलिदान दिने चेन सियांग्रोङको चिहानको छेउमा अनुहारमा मुस्कान लिएर समाधिस्थलतर्फ पिस्तोल जस्तो इशारा गरेको तस्बिर सार्वजनिक भएपछि उनलाई कारबाही सुरु गरिएको हो। 

    यस्तो अनुपयुक्त व्यवहारले जनताको ध्यानाकर्षण गराएको र स्थानीय प्रहरीले गत जुलाई २२ मा पिशान काउन्टीमा स्थानीय जनताको प्रोक्युरेटोरेटसँग कानून बमोजिम छानबिनको लागि कदम चालेर मुद्दाको अनुसन्धान थालेको चिनियाँ सञ्चारमाध्यमले जनाएको छ। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, मंसिर ३ २०७८०६:५६:४१

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend