आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

ओलीलाई प्रदीप पौडेलको कटाक्ष : संसदमा कुण्ठा पोखेर, आफ्नो महिमा गाउँदैमा गुमिसकेको नैतिकता फर्किंदैन

ओलीलाई प्रदीप पौडेलको कटाक्ष : संसदमा कुण्ठा पोखेर, आफ्नो महिमा गाउँदैमा गुमिसकेको नैतिकता फर्किंदैन

  • मिडिया डबली
  • बुधवार, श्रावण २७ २०७८

  • 8.0K
    SHARES

  • ओलीलाई प्रदीप पौडेलको कटाक्ष : संसदमा कुण्ठा पोखेर, आफ्नो महिमा गाउँदैमा गुमिसकेको नैतिकता फर्किंदैन

    काठमाडौं - आफैले दुई दुईपटक ब्रह्मनालमा पु¥याएको संसद्मा एमाले अध्यक्ष केपी ओलीको हुंकार मंगलबार हेर्नलायक थियो । उनले धेरैपछि संसदमा आफ्नो असली परिचय दिएका छन् ।

    कुण्ठा, आवेग, घमण्ड अझै पनि उनमा शिखरमै रहेको देखिएको छ । ओलीले प्रतिनिधिसभामा वर्तमान सरकारविरुद्ध दिएको भाषणको सबैले टीकाटिप्पणी र विश्लेषण गरिरहेका छन् ।

    यसैक्रममा नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले ओलीलाई दह्रो कटाक्ष गरेका छन् । उनले संसदमा कुण्ठा पोखेर, आफ्नो महिमा गाउँदैमा गुमिसकेको नैतिकता फर्किदैँन भन्दै ओलीको तिखो आलोचना गरेका छन् ।

    ‘दुई तिहाईको आफ्नै सरकारको अवसानका लागि पटकपटक संसद विघटन गर्ने,अनि संसदमै ठाँटिएर बिलौना गर्ने ?’ पौडेलले बुधबार ट्विटमा लेखेका छन् । उनले अगाडि भनेका छन्, ‘रोइकराईले लाज छोपिन्न कमरेड, तपाईले उठाएका प्रश्नको साढे तीन वर्ष सरकार चलाउने प्रमले नै जवाफ दिनुपर्ने होइन र ? संसदमा कुन्ठा पोखेर, आफ्नो महिमा गाउँदैमा गुमिसकेको नैतिकता फर्किदैँन ?’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend