शुक्रवार, आश्विन १ २०७८Sep 17 2021

Logo
images
images
images

एमालेमा ओली–नेपाल लेनदेन हुनुअघि यी ४ नेता हिसाबकिताब मिलाउँदै

एमालेमा ओली–नेपाल लेनदेन हुनुअघि यी ४ नेता हिसाबकिताब मिलाउँदै

  • मिडिया डबली
  • मंगलवार, श्रावण १९ २०७८

  • 1.3K
    SHARES

  • एमालेमा ओली–नेपाल लेनदेन हुनुअघि यी ४ नेता हिसाबकिताब मिलाउँदै

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आन्तरिक एकता कायम गर्न अनौपचारिक संवादमा रहेका विघटित कार्यदलका नेताहरूले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता गराउनुअघि छलफल गरिरहेका छन् ।

    नेताहरू भीम रावल, सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल र सुरेन्द्र पाण्डेबीच १० बुँदे सहमतिका आधारमा ‘पावर शेयरिङ’ गर्न लागि २ नेताबीच वार्ता गराउने सहमति भएको छ ।

    images

    आज मंगलबार समेत ४ नेता वार्ताको वातावरण बनाउन छलफलमा जुटेका छन् । ४ नेताहरूबीचको छलफलपछि आज मंगलवारै दिउँसो वा साँझसम्म ओली र नेपालबीच भेट गराउने तयारी भइरहेको नेम्वाङले बताए । अध्यक्ष ओलीसँग भेट्न अनिच्छुक रहेका नेता नेपाल पछिल्लो समय भेटेर संवाद गर्न सहमत देखिएका छन् ।

    नेपाल पक्षधर स्थायी कमिटी सदस्यले सोमबारको बैठकमा वरिष्ठ नेता नेपाललाई अधिकार लेनदेनको सन्दर्भमा ओलीसँग बसेर छलफल गर्न आग्रह गरेका हुन् । नेताहरूको आग्रह मानेर नेता नेपाल वार्तामा बस्न सहमत भएका छन् ।

    नेकपा एमाले न एकता, न विभाजनको अवस्थालाई धेरै दिन लम्ब्याउन नहुने कुरामा दुबै पक्ष सहमत रहेका स्थायी कमिटी सदस्य रघुजी पन्त बताएका छन् । एकतामा असर पर्ने खालका अभिव्यक्ति कुनै पक्षबाट समेत दिन नहुने पन्तले बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०९:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology