शुक्रवार, आश्विन १ २०७८Sep 17 2021

Logo
images
images
images

केपी र माधवले भेटेरै लेनदेनको हिसाबकिताब गर्दै, यी ४ नेता गर्दैछन् लेखाजोखा !

केपी र माधवले भेटेरै लेनदेनको हिसाबकिताब गर्दै, यी ४ नेता गर्दैछन् लेखाजोखा !

  • मिडिया डबली
  • मंगलवार, श्रावण १९ २०७८

  • 1.8K
    SHARES

  • केपी र माधवले भेटेरै लेनदेनको हिसाबकिताब गर्दै, यी ४ नेता गर्दैछन् लेखाजोखा !

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भित्रको आन्तरिक विवाद मिलाउने क्रममा अधिकार बाँडफाँडबारे छलफल सुरू भएको छ ।

    नेकपा एमालेको स्थायी कमिटी बैठक चलिरहँदा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले उठाएका विषयलाई सम्बोधन गर्ने गरी अधिकार बाँडफाँडबारे छलफल सुरू भएको छ ।

    images

    पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले दुबै तर्फबाट कार्यदलमा रहेका नेताहरुलाई अधिकार बाँडफाँडबारे खाका ल्याउन आग्रह गरेको र कार्यदलमा रहेका नेताहरुले त्यसबारेमा छलफल थालेका छन् ।

    एक नेताका अनुसार बजारमा आएजस्तो संयुक्त हस्ताक्षरको पनि खास अर्थ नभएकाले महाधिवेशनसम्म कसरी जाने र त्यस विषयमा दुबै पक्षका नेता कार्यकर्तालाई गरिने व्यवहारमा पक्षपात नहोस् भन्ने नै हो । ‘संविधानतः एमालेको महाधिवेशन चाँडै गर्नुपर्छ, आगामी माघभित्र महाधिवेशन गर्नुपर्ने भएकाले संयुक्त हस्ताक्षरको विषय पनि गौण हुनसक्छ, भावनात्मक विषय त हुनसक्ला तर त्यसको अर्थ रहन्न । खासगरी महाधिवेशनसम्म दुबै पक्षका नेता कार्यकर्तालाई अन्याय नहोस् भन्नेबारेमै सचेत रहने गरी अघि बढ्ने हो,’ स्रोतले भन्यो ।

    दोस्रो अध्यक्षमा नेपालको रुचि नभए पनि कार्यदलका नेताहरु अधिकार बाँडफाँडकै विषयमा केन्द्रित भएर छलफल गरिरहेका छन् । यसका लागि मंगलवार बिहान सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, भीम रावल र सुरेन्द्र पाण्डेको संयुक्त बैठक बस्ने भएको छ ।  

    अधिकार बाँडफाँडको कुरा मिलेपछि अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपालबीच संवाद हुने बताइएको छ । नेपालले आफूलाई दोस्रो अध्यक्षको आवश्यकता नभएको तर नेता कार्यकर्तालाई अन्याय नहुने गरी अधिकार बाँडफाँड हुनुपर्ने बताउँदै आएका थिए । ओली पक्षले दोस्रो अध्यक्षको प्रस्ताव गर्दा नेपालले ‘अहिले दोस्रो अध्यक्षको कुरा नगरांै अन्याय नहुने गरी अधिकारको मात्रै कुरा गरौं’ भनेका थिए । तर नेपाल पक्षका नेताहरुले दोस्रो अध्यक्षमा जानुपर्ने दबाब दिइरहेका छन् ।

    ‘हामीले अधिकार सहितको दोस्रो अध्यक्ष भनेका छांै, ओलीतिरबाट अधिकारको कुरा प्रस्ट भएको छैन, दोस्रो अध्यक्षको कुरा प्रस्टै आएको छ, नेपालले भने विधानमा नभएको विषयमा कुरा नगरांै भन्नुभएको छ,’ नेपाल पक्षका एक नेताले भने ।

    उनका अनुसार अधिकारमा कुरा मिल्ने अवस्था आएको बिफ्रिङपछि नेपाल सकारात्मक बनेका थिए ।  

    ओली पक्षबाट कार्यदलमा रहेका सुवासचन्द्र नेम्वाङले समेत विवाद निरुपणको प्रक्रिया सकारात्मक ढंगले अघि बढेको बताए । ‘मैले तपाईंहरुलाई पहिलादेखि नै भन्दै आएको छु, एमालेमा अब यो पक्ष वा त्यो पक्ष छैन भनेर । अब २ नेताहरुको चाँडै नै भेटघाट हुन्छ, संवाद हुन्छ, चाँडै भनेको भोलि पनि हुनसक्छ समय र ठाउँ एकिन नभएको मात्रै हो,’ नेता नेम्वाङले भने । 

    तर नेपाल पक्षका नेता सुरेन्द्र पाण्डेले कुनै पनि विषयमा सहमति भइनसकेको बताएका छन् । पाण्डेले सबै जना एकताकै पक्षमा रहेको दाबी गर्दै २ नेताबीच मंगलवार भेटघाट हुने संकेत गरेका छन् ।

    ‘सहमति भएको छैन, भोलि बिहान हामी ४ जना नेता बस्छौं अनि मात्रै २ नेता संवादमा बस्नुहुन्छ,’ पाण्डेले भने ।

    सोमवार नेपाल पक्षका नेताको बैठकले पनि २ नेताहरूबीच संवाद गर्ने निर्णय गरेको थियो । कार्यदलका सदस्यको बिफ्रिङपछि ओलीसँगको भेटका लागि नेपाल तयार भएका छन् । ओलीले भेट्न खोज्दा पनि अस्वीकार गर्दै आएका नेपाल पछिल्लो समय भने भेटका लागि तयार भएका छन् ।

    नेपालपक्षीय स्थायी कमिटी सदस्य रघुजी पन्तले अध्यक्ष ओली र नेपालबीचको भेटवार्ता चाँडै हुने संकेत पाएको बताएका छन् । ‘उहाँहरु (ओली र नेपाल) को भेटघाट र छलफल छिट्टै हुन्छ, मिति नसोध्नुहोस् तर त्यो भेटघाट हुन्छ भन्ने मैले बुझेको छु,’ सोमवार नेपालपक्षीय स्थायी कमिटी सदस्यको भेलापछि पन्तले भने ।

    नेता पन्तले सोमवारको भेलाबाट पार्टी एकतामा दूरी बढाउने गतिविधि नगर्न सबैलाई आग्रह गरिएको पनि बताएका छन् । ‘सार्वजनिक रुपमा अभिव्यक्ति दिँदा शब्द चयनमा मर्यादा र शिष्टतामा ध्यान दिनुपर्ने विषयमा छलफल भयो,’ नेता पन्तले भने, ‘पार्टी एकता टुंगोमा पुर्‍याउन दुबै पक्ष संयमित, जिम्मेवार, संवेदनशील भएर गम्भीर हुने कुरा भएको छ ।’

    पार्टी एकताका लागि यसअघि गठन भएको कार्यदलमा रहेका स्थायी कमिटी सदस्यले सोमवारको बैठकमा एकताका लागि हालसम्मका प्रयास र प्राप्त उपलब्धिबारे रिपोर्टिङ गरेका थिए । ‘दुबै नेताको निर्देशन र चाहना अनुरुप बढिरहेको एकता प्रक्रिया भएको हुनाले बाहिर कसले कहाँ के बोल्यो भन्ने कुरा त्यति महत्त्वपूर्ण हैन, २ नेतासँग छलफल गरेर जसरी एकता प्रक्रिया अगाडि बढाउने काम भइरहेको छ, त्यो महत्त्वपूर्ण कुरा हो,’ पन्तले भनेका छन् ।

    पन्तका अनुसार वार्तामा भइरहेका कुराहरु महत्त्वपूर्ण भएको र वार्ता र ती कार्यदलमा हुने छलफलको सबै जानकारी पार्टी अध्यक्ष ओली र नेपाललाई पनि थाहा भएको तथा उनीहरुकै जानकारीमा छलफलबाट विवाद निरुपणको कार्यहरु भइरहेका छन् ।

    यसैबीच, नेकपा एमालेको जारी स्थायी कमिटी बैठकले पार्टी विवादलाई चाँडै निरूपण गर्ने जनाउँदै साउन २२ गतेबाट पार्टीको विधानबारे खुला छलफल आरम्भ गर्ने निर्णय गरेको छ । दशौं महाधिवेशन गर्ने समयनजिक आउँदै गर्दा पार्टीले विधानबारे खुला छलफल गर्ने निर्णय गरेको छ ।

    बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई स्कूल विभागको जिम्मेवारी दिँदै विभिन्न ९ वटा विभाग गठन गरेको छ । पार्टी अध्यक्ष ओलीको नेतृत्वमा ११ सदस्यीय पार्टी स्कूल विभाग गठन गरेको छ । पार्टी स्थायी कमिटीको सोमवार बसेको बैठकले विभिन्न नेताहरुको नेतृत्वमा ९ वटा विभाग गठन गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

    प्रवक्ता ज्ञवालीका अनुसार विष्णु पौडेलको नेतृत्वमा १४ सदस्यीय संगठन विभाग बनाइएको छ । सुवासचन्द्र नेम्वाङको नेतृत्वमा १४ सदस्यीय संसदीय विभाग, विष्णु रिमालको नेतृत्वमा २ सदस्यीय आर्थिक विभाग, प्रदीप ज्ञवालीको नेतृत्वमा १५ सदस्यीय प्रचार विभाग, भानुभक्त ढकालको नेतृत्वमा १५ सदस्यीय पर्यटन प्रवद्र्धन विभाग, राजन भट्टराईको नेतृत्वमा १४ सदस्यीय विदेश विभाग, अग्नि खरेलको नेतृत्वमा ६ सदस्यीय निर्वाचन विभाग बनाइएको छ । देवेन्द्र दाहालको नेतृत्वमा १४ सदस्यीय स्थानीय तह विभाग बनाइएको छ ।

    पहिला विदेश विभाग प्रमुखमा माधव नेपाल रहेका थिए भने आर्थिक विभागमा सुरेन्द्र पाण्डे रहेका थिए । अब गठन हुने विभाग माधव नेपाल पक्षका लागि राखिएको एमालेका एक नेताले बताएका छन् । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०९:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology