मंगलवार, श्रावण १९ २०७८Aug 03 2021

Logo
images

लत्रक्कै झुकेर केपी ओली माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउन कसरी भए तयार ?

लत्रक्कै झुकेर केपी ओली माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउन कसरी भए तयार ?

  • मिडिया डबली
  • बिहिवार, श्रावण ७ २०७८

  • 3.4K
    SHARES

  • लत्रक्कै झुकेर केपी ओली माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउन कसरी भए तयार ?

    काठमाडौं – नेकपा एमालेभित्र पार्टी एकताका लागि दबाब बढ्दै गएपछि अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार रहेको बताएका छन् ।

    पार्टीको जारी केन्द्रीय कमिटी बैठकमा ओलीले केन्द्रीय सदस्यहरुलाई सम्बोधन गर्ने क्रममा नेपाललाई दोस्रो अध्यक्ष दिन तयार रहेको बताए ।

    images

    सर्वोच्च अदालतले २०७७ फागुन २३ गते एमालेलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काइदिए बमोजिम एकताका लागि हदैसम्म लचिलो हुन तयार रहेको ओलीले बताएका छन् ।

    ‘माधव नेपालले मिल्ने हो भने दोस्रो अध्यक्ष दिने हो । मैले भनेको छु, पार्टी एकता बचाउन माधव नेपाल आउँछन् भने दोस्रो अध्यक्ष दिन म तयार छु,’ बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भने ।

    अध्यक्ष ओली पक्षको ३ दिनदेखि जारी केन्द्रीय कमिटी बैठकमा बोल्ने अधिकांशले पार्टीलाई विभाजन गर्न दिनु हुँदैन भन्ने आवाज उठाएका थिए । त्यसपछि ओलीले मही नै मथेर भएपनि एकताका निम्ति पहल गर्ने जवाफ दिए ।

    नेता नेपाललाई समेत पार्टी एकताका लागि दबाब बढेको छ । नेपालले बुधवार आफू निकटका नेतासँग छलफल गरेका थिए । त्यसक्रममा पार्टीका उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, स्थायी कमिटी सदस्यहरु मुकुन्द न्यौपाने र रघुजी पन्तले धारणा राखेका थिए । न्यौपानेबाहेक सबैले पार्टी एकता कायम राख्नुपर्ने, कार्यदलले दिएको १० बुँदे प्रस्ताव कार्यान्वयन गर्न दबाब दिनुपर्ने, नेताहरुमाथि हुने गालीगलौज र अनैतिक गतिविधि रोक्नुपर्ने तथा स्पष्टीकरणका नाममा एकता र १० बुँदे सहमति कार्यान्वयनमा अवरोध गर्न नहुने बताएका थिए । नेता नेपालले पनि आफू सम्मानजनक एकताका पक्षमा रहेको बताएका छन् ।

    नेपाल पक्षका नेता गोकर्ण विष्टले एकतामा असर पर्ने कुनै पनि कार्य नगर्ने विषयमा छलफल भएको बताएका छन् । विष्टले अर्को पक्षबाट त्यस्तो गतिविधि भइरहेकोतर्फ संकेत गर्दै त्यसले एकताविरोधी तत्वलाई बल पुग्ने बताएका छन् ।

    ‘संविधानको धारा ७६(५) प्रयोग गर्ने सन्दर्भमा सांसदले आफ्नो विवेक प्रयोग गरेका हुन् । जे सर्वोच्चले फैसला गरेको छ, त्यसबाट प्राप्त अधिकारलाई प्रयोग गरेको सन्दर्भमा २२ जना प्रतिनिधिसभा सदस्यमाथि जुन ढंगले स्पष्टीकरण सोध्ने काम गरिएको छ त्यसले एकताको वातावरणमा असर पार्न सक्छ,’ पार्टी सचिव समेत रहेका बिष्टले भनेका छन् ।

    अर्का सदस्य रघुजी पन्तले कुनै पनि प्रकारको उत्तेजक कामकारबाहीले एकतामा असर पुर्‍याउने भएकाले त्यस्तो काम कतैबाट पनि हुनुहुँदैन भन्नेमा आफूहरु अडिग रहेको बताएका छन् ।

    ‘अदालतको फैसलाले प्रस्ट रूपमा ७६(५) को निर्णय गर्ने अवस्थामा सांसदलाई विवेक प्रयोग गर्ने अधिकार दिइसकेपछि त्यही विषयलाई निहुँ खोजेर स्पष्टीकरण सोध्नु राम्रो होइन । यसले कार्यदलको सहमति कार्यान्वयन गर्न समेत समस्या देखिएको छ,’ पन्तले भने ।

    बैठकमा नेता नेपालले अहिलेको अवस्थामा आफूहरूको अडान र विचारले जितेको बताएका थिए । उपाध्यक्ष ज्ञवालीका अनुसार नेता नेपालले सम्मानजनक पार्टी एकताको पक्षमा लाग्ने जानकारी गराएका थिए । नेपाल पक्षको बैठकमा ओली पक्षबाटै पार्टी एकताविरोधी कार्य भइरहेकोमा चिन्ता व्यक्त गरिएको थियो ।

    एकताका लागि भन्दै तेस्रो तहका नेता पनि सक्रिय भएका छन् । झपट रावल, राजबहादुर बुढा, दीपकप्रकाश भट्ट, यज्ञराज सुनुवार, नारायण खतिवडा, सूर्य पाठक, कृष्ण दाहाल लगायतका १० जना नेताले दबाब अभियान सुरू गरेका छन् । यी नेताहरूले बिहीवार कार्यदलका सदस्यसँग भेटघाट गर्ने र शुक्रवार ओली–नेपाल दुबैलाई भेटेर एकताका लागि दबाब दिने तयारी गरेका छन् । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०९:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology