शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

ओलीको बहिर्गमनसँगे माधव नेपाल बने ‘टावर पर्सनालिटी’, कोटेश्वर शीर्ष नेताको आकर्षण केन्द्र

ओलीको बहिर्गमनसँगे माधव नेपाल बने ‘टावर पर्सनालिटी’, कोटेश्वर शीर्ष नेताको आकर्षण केन्द्र

  • मिडिया डबली
  • बिहिवार, आषाढ ३१ २०७८

  • 4.9K
    SHARES

  • ओलीको बहिर्गमनसँगे माधव नेपाल बने ‘टावर पर्सनालिटी’, कोटेश्वर शीर्ष नेताको आकर्षण केन्द्र

    काठमाडौं - केही समयअघिसम्म एमाले अध्यक्ष केपी ओली राजनीतिको केन्द्रमा थिए । इतिहासकै शक्तिशाली प्रधानमन्त्री ओलीको बहिर्गमन दुर्दान्त भयो । सायदै उनले यस्तो कल्पनासमेत गरेका थिएनन् होला ।

    नेपालको राजनीतिमा आफूले जे चाह्यो त्यही हुनेमा उनी ढुक्क थिए । साढे तीन वर्षसम्म भयो पनि त्यस्तै । आफू निकट एमाले नेतृ विद्यादेवी भण्डारीलाई राष्ट्रपति बनाएपछि ओली शक्तिशाली बनेका थिए । सबैलाई डण्डा चलाएरै तह लगाउँछु भन्ने सोचेका थिए । बालुवाटारबाट बालकोट फिर्ती हुँदासमेत उनमा त्यो घमण्ड कायमै देखिएको छ ।

    तर, एक सातायताको नेपालको राजनीतिक परिदृश्य हेर्दा नेपालको राजनीतिक माहोल हेर्दा ‘टावर पर्सानलिटी’ एमाले वरिष्ठ नेता माधवकुमार नेपाल बन्ने देखिएको छ । आफूलाई शक्तिशाली शासक दाबी गर्ने ओलीलाई भित्तामै पुर्याएपछि नेपाल चर्चामा छन् । उनी नेपालको राजनीतिको आकर्षणको केन्द्र मात्र बनेका छैनन्, उनको निवास कोटेश्वर अहिले शीर्ष नेता जमघट हुने थलो बनेको छ ।

    प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति एक साताकै बीचमा दुई–दुईचोटि कोटेश्वर पुगिसकेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड त दिन बिराएरै जाने गरेका छन् । 

    अलि दिनअघिसम्म केपी ओलीबाहेक अरुलाई गन्दै नगन्ने नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव पनि कोटेश्वर पुगेर नेता नेपालसँग भेटवार्ता गरेका छन् । एमालेका दोस्रो तहका नेता त कोटेश्वर जाने भइहाले । केपी ओलीबाहेक एमालेका प्रायः नेता कोटेश्वर पुग्ने गरेका छन् । त्यही भएर अहिले ओलीको सुरक्षा कटौती गरेर माधव नेपालको सुरक्षा बढाइएको छ ।

    माधव नेपालकै कारण आफ्नो ओली प्रधानमन्त्रीबाट पदच्यूत भएपछि एमालेको ओली पक्ष आक्रोशित बनेको छ । जुनसुकै बेला पनि नेपाल निवास कोटेश्वरमा आक्रमण हुने संकेत पाएपछि सरकारले सुरक्षा बढाएको हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend