मंगलवार, श्रावण १९ २०७८Aug 03 2021

Logo
images

शेखर कोइराला महाधिवेशन लड्ने टीम बनाउँदै, यी हुन् सम्भावित उपसभापति र महामन्त्री !

शेखर कोइराला महाधिवेशन लड्ने टीम बनाउँदै, यी हुन् सम्भावित उपसभापति र महामन्त्री !

  • मिडिया डबली
  • सोमवार, आषाढ ७ २०७८

  • 14.8K
    SHARES

  • शेखर कोइराला महाधिवेशन लड्ने टीम बनाउँदै, यी हुन् सम्भावित उपसभापति र महामन्त्री !

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा आगामी भदौमा हुने १४ औं महाधिवेशनका लागि नेता शेखर कोइराला सभापति पदका बलिया प्रतिस्पर्धी मानिएका छन् ।

    कांग्रेसका संस्थापक कोइराला परिवारसँग जोडिएका शेखरले लामो समयदेखि कांग्रेसको नेतृत्व गर्ने गरी तयारी गरिरहेका छन् । अब चुनाव मुखैमा आएकाले शेखरले टीम बनाउने अभ्यास समेत थालेका छन् ।

    images

    कांग्रेस सभापति शेरबहादुर देउवाले आन्तरिक छलफललाई तीब्रता दिएका छन् भने उपसभापति बिमलेन्द्र निधिले समेत सभापतिमा लड्न मिडियाबाजी गरिरहेका छन् ।

    महाधिवेशनकै चर्चाबीच सोमबार उपसभापति निधि, महामन्त्री डा. शशांक कोइराला र नेता प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ । नेताहरूबीच आगामी महाधिवेशनमा एकताबद्ध भएर अघि बढ्ने विषयमा छलफल भएको जनाइएको छ ।

    चुनावी माहोलमा होमिएका शेखर कोइरालाले उपसभापतिमा चन्द्र भण्डारी र महामन्त्रीमा गगनकुमार थापालाई साथमा लिएर युवाको टीम बनाउने चर्चा छ । देउवा र निधि पक्षबाट उपसभापति र महामन्त्रीको को उठ्ने स्पष्ट छैन । तर देउवा पक्षमा उपसभापति र महामन्त्रीमा समेत धेरै आकांक्षी देखिएका छन् ।

    हालै सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले गाउँ, नगर वडाको अधिवेशन साउन १२ गते, गाउँपालिका, नगरपालिका अधिवेशन साउन १६ गते र प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गते गर्ने निर्णय गरेको छ ।

    बैठकले प्रदेश अधिवेशन भदौ १ र २ तथा केन्द्रीय अधिवेशन भदौ १६ देखि १९ गतेसम्म गर्ने गरी कार्यतालिका संशोधन गरेर पारित गरेको थियो ।

    आगामी महाधिवेशनमा केन्द्रीय सदस्य डा. शेखर कोइराला, महामन्त्री डा. शशांक कोइराला, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री कृष्ण सिटौला, प्रकाशमान सिंह लगायतले सभापतिमा उम्मेदवारी दिने चर्चा छ । 

    कांग्रेस महाधिवेशन नजिकिँदै गर्दा देउवा, पौडेल, कोइराला कुनै पनि पक्षमा सर्वसम्मत उम्मेदवार देखिएका छैनन् । कांग्रेस नेपालको पुरानो प्रजातान्त्रिक पार्टी भएकाले कांग्रेसको नयाँ नेतृत्वमा सबैको चासो रहने गरेको छ ।

    यसैबीच, सभापति देउवा पक्षकै उपसभापति बिमलेन्द्र निधिले समेत सभापतिमा उम्मेदवारी दिने इच्छा देखाएका बेला दुबै नेताबीच देउवानिवास बुढानिलकण्ठमा गत शनिबार छलफल भएको थियो । तर छलफलमा दुबै नेताबीच कडा टक्कर हुने देखिएको थियो ।

    सभापति देउवासँगको भेटमा उपसभापति बिमलेन्द्र निधिले आगामी महाधिवेशनमा सहयोग गर्न आग्रह गरेपनि देउवाले आफैं लड्ने दाबी गरे ।

    सभापति देउवाले निधिलाई आग्रह गर्दै भने, ‘सभापतिमा फेरि उठ्छु । २ नम्बर प्रदेशबाट धेरै महाधिवेशन प्रतिनिधि छान्नका लागि तपाईंले सहयोग गरिदिनुपर्‍यो ।’ जवाफमा निधिले भने, ‘तपाईंलाई सहयोग गर्न सकिँदैन, यसपालि संस्थापन पक्षबाट म उम्मेदवार हुन्छु, मलाई सहयोग गर्नुपर्‍यो ।’ यसरी दुबै नेताबीच बुढानिलकण्ठमा कडा टक्कर भएको थियो ।

    निधिको जवाफ सुनेपछि देउवाले उम्मेदवार बन्ने स्वतन्त्रता सबैलाई रहेको जवाफ फर्काएका थिए । निधिले फेरि भने, ‘विगतमा तपाईंलाई मैले सहयोग गर्दै आएको छु । यसपटक सभापतिमा म उम्मेदवार बन्छु । प्रधानमन्त्री तपाईं बन्नुस् । मैले गर्ने सहयोग गरिरहन्छु ।’

    महाधिवेशनको मिति नजिकिँदै गर्दा सभापतिमा दोहोरिन खोजेका देउवाले ७ वटै प्रदेशका आफूनिकटका नेताहरूसँग छलफल गरिरहेका छन् । 

    देउवाले सामूहिक छलफलमा प्रदेशका केन्द्रीय सदस्य र प्रभावशाली नेताहरूसँग आफू अन्तिम पटक सभापतिमा उठ्न लागेको र सभापति बनेपछि पार्टीलाई पुरानै अवस्था पहिलो नम्बरमा फर्काएर नेतृत्व हस्तान्तरण गर्ने बताएका छन् ।

    देउवाले नेताहरूसँग भने, ‘अन्तिम पटकको लागि सभापतिमा लड्ने हो, पार्टीलाई पुरानै अवस्थामा पुर्‍याएर चुनावमा पहिलो नम्बरको बहुमत दिलाउन लाग्छु ।’

    देउवाले सबैलाई भनेका छन्, ‘तपाईंहरुले विगतमा जसरी सहयोग गर्नुभएको छ, अब पनि सहयोग गर्नुस् । कांग्रेसलाई देशको नम्बर १ पार्टी बनाउने योजनासहित समावेशी टीम बनाएर महाधिवेशनमा जान्छु ।’ 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०२:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology