शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

एमाले टुक्राटुक्रा बनाउनतिर लागे बामदेव गौतम, माधव नेपाललाई सघाउन यस्तो नयाँ घोषणा

एमाले टुक्राटुक्रा बनाउनतिर लागे बामदेव गौतम, माधव नेपाललाई सघाउन यस्तो नयाँ घोषणा

  • मिडिया डबली
  • सोमवार, बैशाख २७ २०७८

  • 7.1K
    SHARES

  • एमाले टुक्राटुक्रा बनाउनतिर लागे बामदेव गौतम, माधव नेपाललाई सघाउन यस्तो नयाँ घोषणा

    काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष तथा राष्ट्रियसभा सांसद बामदेव गौतम पार्टीलाई टुक्राटुक्रा बनाउने अभियानमा लागेका छन् ।


    पार्टी एकता राष्ट्रिय अभियान बनाएर संयोजक समेत बनेका बामदेव गौतमले नेता माधवकुमार नेपाललाई सघाउन पार्टी विभाजनको शर्त राखेका छन् ।

    उपाध्यक्ष गौतमको तर्फबाट प्रेस संयोजक विश्वमणि सुवेदीले सार्वजनिक गरेको धारणामा पार्टी विभाजनमा गौतमको साथ रहने उल्लेख छ ।

    एमाले पार्टीलाई अदालतको फैसलाअघिकै अवस्थामा पुर्‍याउन नसकिने अध्यक्ष केपी शर्मा ओलीको अडानपछि उपाध्यक्ष गौतमले ओलीलाई साथ नदिने घोषणा गरेका छन् ।

    उपाध्यक्ष गौतमले एमालेमै समानान्तर गतिविधि गर्ने नेता नेपाल पक्षको कार्यलाई साथ नरहने तर पार्टी विभाजन गरेमा त्यो नयाँ पार्टीमा जाने जनाएका छन् ।

    उपाध्यक्ष गौतमले भनेका छन्, ‘वरिष्ठ नेता क.माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेता कमरेडहरुले नेकपा एमालेमै भएर समानान्तर गतिविधि गर्ने, कमिटीहरु बनाउनेजस्ता काममा मेरो सहमति छैन । तर यदि उहाँहरूले चाहे संसदको ४० प्रतिशतसहित वा त्यो बाहेकको अवस्थामा पनि पार्टी विभाजन गरेर जानुहुन्छ भने म त्यो पार्टीमा सामेल हुनेछु ।’

    यस्तो छ आधिकारिक धारणा –

    नेकपा एमालेका उपाध्यक्ष तथा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक क. वामदेव गौतमले समसामयिक सन्दर्भमा दुईवटा धारणा स्पष्ट पार्नुभएको छ ।
     
    १. अध्यक्ष कमरेडसँगको कुराकानीबारे
     
    पार्टी अध्यक्ष तथा प्रधानमन्त्री क. केपी शर्मा ओलीसँग उहाँले नेकपा (एमाले) को स्थिति २०७५ जेठ २ गतेसम्मको मानेर अगाडि बढ्नुपर्छ भन्ने आग्रह राख्नुभयो । तर, क. अध्यक्षले भन्नुभयो, ‘म ०७५ जेठ २ भन्दा धेरै अगाडि बढिसकेँ । त्यसैले म त्यस्तो काम गर्न सक्ने छैन ।’
    यसको प्रतिउत्तरमा उपाध्यक्ष क.वामदेव गौतमले ‘त्यसो भए म तपाईंको साथमा छैन’ भन्नुभएको हो ।
     
    २. क.माधव नेपालहरुका सन्दर्भमा
     
    वरिष्ठ नेता क.माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेता कमरेडहरुले नेकपा (एमाले) मै भएर समानान्तर गतिविधि गर्ने, कमिटीहरु बनाउनेजस्ता काममा मेरो सहमति छैन । तर, यदि उहाँहरुले चाहे संसदको ४० प्रतिशतसहित वा त्यो बाहेकको अवस्थामा पनि पार्टी विभाजन गरेर जानुहुन्छ भने म त्यो पार्टीमा सामेल हुनेछु ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend