मंगलवार, आषाढ ८ २०७८Jun 22 2021

Logo
images
images
images
images

राजीनामा बुझाउन एमालेका २२ सांसदको हस्ताक्षर, केपी ओलीविरुद्ध ठूलो विद्रोह !

राजीनामा बुझाउन एमालेका २२ सांसदको हस्ताक्षर, केपी ओलीविरुद्ध ठूलो विद्रोह !

  • मिडिया डबली
  • आइतवार, बैशाख २६ २०७८

  • 6.0K
    SHARES

  • राजीनामा बुझाउन एमालेका २२ सांसदको हस्ताक्षर, केपी ओलीविरुद्ध ठूलो विद्रोह !

    काठमाडौं – नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीले एकलौटी गरेपछि असन्तुष्ट बनेको वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका प्रत्यक्ष निर्वाचित २२ सांसदले राजीनामा दिन हस्ताक्षर तयार पारेका छन् ।

    प्रधानमन्त्री ओलीले पार्टीभित्र एकताको प्रयासलाई सफल नबनाए राजीनामा दिने अन्तिम तयारीमा सांसदहरू रहेका छन् ।

    images
    images

    शनिबार राति काठमाडौंको त्रिपुरेश्वरस्थित एक घरमा भएको खनाल–नेपाल पक्षका सांसदहरुको बैठकमा पार्टीलाई एकताबद्ध बनाउन लचकता अपनाउने र ओलीले मनपरी गरिरहे राजीनामा दिने निष्कर्ष निकालिएको छ । सामूहिक राजीनामा दिन हस्ताक्षर संकलन समेत भइसकेको छ ।

    एमालेका २२ सांसदले राजीनामा दिएमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव पक्षका सांसदको बहुमत प्रतिनिधि सभामा पुग्ने र ओलीलाई हटाएर नयाँ सरकार बन्ने सम्भावनाबारे छलफल भइरहेको छ । यसबारे कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले नेता माधवकुमार नेपालबीच पटक–पटक छलफल भएको छ ।

    स्रोतका अनुसार एमाले सांसदले राजीनामा दिएपछि हुने उपनिर्वाचनमा कांग्रेस र माओवादीले एमाले उम्मेदवारहरूलाई सघाउने समझदारी समेत भएको छ । पार्टीभित्र एकताको ढोका बन्द गरिएको अवस्थामा प्रधानमन्त्री ओलीको हठ र दम्भका कारण कम्युनिस्ट पार्टी बिर्सजन र विघटनमा गएको कुरासहित पत्रकार सम्मेलन गरेरै राजीनामालाई सार्वजनिक गर्ने तयारी सांसदहरूले गरेका छन् ।

    ओलीको जिद्दीका कारण पार्टी विभाजन हुने अवस्थामा पुगेको भन्दै अधिकांश सांसदले पूर्व पार्टी प्रमुख र सबैभन्दा सिनियर नेताको हैसियतमा वरिष्ठ नेता नेपाललाई आइतवार दिनभर एकता जोगाउने काममा अग्रसरता लिन सुझाव दिएका छन् । आईतबारको अन्तिम प्रयास सफल नभए सांसदहरूको सामूहिक राजीनामा आउने छ ।

    ओली पक्षसँग दोस्रो तहका नेताहरु घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्टले दिनदिनै छलफल गरिरहेका छन् । तर ओली पक्षले सहमति नगरेको जनाइएको छ । नेता नेपाल पक्षले २०७५ जेठ २ गतेअघिको पार्टी पदाधिकारी सहितको स्थायी कमिटी बैठक बस्ने र कार्यदललाई तत्कालीन कमिटी ब्युँताउने गरी कार्यादेश दिने बित्तिकै सकारात्मक दिशाउन्मुख छलफल मिल्न सक्ने जनाएको छ ।

    नेपाल पक्षसँग शुक्रबार महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्बाङ र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले छलफल गरेका छन् ।

    images
    images
    images

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०९:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology