मंगलवार, बैशाख ७ २०७८Apr 20 2021

Logo
images
images
images
images

केपी ओलीले भटाभट कारवाही गरेपछि के गर्दैछ माधव नेपाल पक्ष ?

केपी ओलीले भटाभट कारवाही गरेपछि के गर्दैछ माधव नेपाल पक्ष ?

  • मिडिया डबली
  • शुक्रवार, चैत्र २० २०७७

  • 639
    SHARES

  • केपी ओलीले भटाभट कारवाही गरेपछि के गर्दैछ माधव नेपाल पक्ष ?

    काठमाडौं – प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले नेताहरुमाथि कारबाहीको प्रक्रिया सुरू गरेपछि नेकपा एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल पक्षले पार्टीका समानान्तर कमिटीहरु गठन गर्दै आफ्नो शक्ति संगठित गर्न थालेको छ ।

    नेता नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि अध्यक्ष ओलीले पार्टी सदस्यबाट समेत निलम्बन गरेपछि खनाल–नेपाल पक्षले मुलुकभर समानान्तर कमिटी बनाउन थालेको हो । 

    images
    images

    यसअघि भातृ संगठनहरुमा समानान्तर कमिटी बनाएको खनाल–नेपाल पक्षले अब प्रदेश र जिल्ला तहमा संगठन निर्माण गर्न थालेको छ । यसको सुरूआत बिहीवार गण्डकी प्रदेशबाट भइसकेको छ ।

    पोखरामा आयोजित खनाल–नेपाल पक्षको प्रदेशस्तरीय कार्यकर्ता भेलाले बिहीवारै ओलीबाट कारबाहीमा परेका नेता पाण्डेको नेतृत्वमा गण्डकी प्रदेशमा २२ सदस्यीय समानान्तर कमिटी गठन गरेको हो । नेता नेपालले कमिटी घोषणा गरेका हुन् ।

    नेपालले गण्डकी प्रदेशका अधिकांश जिल्लामा समानान्तर कमिटी गठन गरेका छन् । कास्की अध्यक्षमा धनराज आचार्य र सचिवमा होमबहादुर नेपाली, स्याङ्जा अध्यक्षमा रामचन्द्र भट्टराई र सचिवमा भूपराज अधिकारी रहेका छन् ।

    म्याग्दी अध्यक्षमा बालकृष्ण सुवेदी, बागलुङ अध्यक्षमा इन्द्रलाल सापकोटा र सचिवमा लालबहादुर थापा, पर्वत अध्यक्षमा भक्त कुँवर र सचिवमा पदमपाणि शर्मा, तनहुँ अध्यक्षमा शंकनारायण श्रेष्ठ र सचिवमा श्रीराम कार्की रहेका छन् । 

    गोरखामा यादव बस्नेत अध्यक्ष र सानोमाया बस्नेत सचिव रहेका छन् । नवलपुर र लमजुङको अध्यक्ष र सचिवको नाम सार्वजनिक गरिएको छैन । मनाङ र मुस्ताङमा कमिटी गठन गर्न बाँकी रहेको खनाल–नेपाल पक्षले जनाएको छ ।

    चैत २९ गतेअघि नै सबै जिल्लामा समानान्तर कमिटी घोषणा कार्यक्रम सम्पन्न हुने स्याङ्जाका अध्यक्ष रामचन्द्र भट्टराईले बताए । उनका अनुसार भेलामा ११ वटै जिल्लाका सचिवालय सदस्य र नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो । अध्यक्ष ओलीले ४ जना नेताहरुमाथि कारबाहीको प्रक्रिया अघि बढाएपछि खनाल–नेपाल पक्ष मुलुकभर समानान्तर संगठन निर्माण गरेर अघि बढ्ने निष्कर्षमा पुगेको छ । ३ दिनअघि खनाल–नेपाल पक्षमा आवद्ध ११ जना स्थायी कमिटी सदस्यले संयुक्त वक्तव्य जारी गर्दै ओलीका अवैधानिक कदमविरुद्ध संगठित हुन आमकार्यकर्तालाई आग्रह गरेका थिए ।

    अध्यक्ष ओलीले १–१ गर्दै कारबाही गरेर खनाल–नेपाल पक्षको शक्ति क्षीण बनाउने रणनीति अख्तियार गरेपछि उनलाई सफल हुन नदिन समानान्तर कमिटी बनाएर आफू पक्षका नेताहरुलाई जोगाइराख्ने योजना यो पक्षले बनाएको छ ।

    खनाल–नेपाल पक्षमा रहेका नेता–कार्यकर्ता क्रमशः ओली पक्षतिर जान थालेका थिए । नेपाललाई सहयोग गर्दै आएका केही केन्द्रीय नेता पनि ओली पक्षमा ढल्किएपछि खनाल–नेपाल पक्षले उनीहरुलाई आफूसँगै राख्ने नीति बनाएको छ । त्यही नीतिअन्तर्गत समानान्तर कमिटी गठन थालिएको छ ।

    खनाल–नेपाल पक्षले यसअघि नै ३ वटा ठूला भातृ संगठन, युवा संघ, अनेरास्ववियू र अखिल नेपाल महिला संघमा समानान्तर कमिटी बनाएको छ । युवा संघको त छुट्टै कार्यालय समेत स्थापना गरिसकेको छ । अब केन्द्रीय कार्यालय पनि नयाँ बनाउने योजना नेपालले २ दिनअघि सार्वजनिक गरिसकेका छन् ।

    काठमाडौं धुम्बाराहीको केन्द्रीय कार्यालय ओली पक्षले सल्लाह नै नगरी एकलौटी रुपमा थापाथलीमा सार्ने निर्णय गरेपछि खनाल–नेपाल पक्षले पनि आफ्नो पक्षको छुट्टै कार्यालय बनाउन लागेको छ । खनाल–नेपाल पक्षले आफू पक्षको कार्यालय राख्ने भवन खोजिरहेको छ ।

    खनाल–नेपाल पक्षले ओलीले पार्टीको विधान उल्लंघन गरेर आफ्ना गतिविधि गरेको आरोप लगाउँदै आएको छ । सर्वोच्च अदालतले गत फागुन २३ गते तत्कालीन नेकपालाई पूर्ववत् पार्टीमै फर्काइदिएपछि एमाले ब्युँतिएको छ ।

    एमाले ब्युँतिएको अवस्थामा एकता गर्नुअघिको २०७५ जेठ २ सम्मका कमिटीहरु क्रियाशील हुनुपर्ने माग खनाल–नेपाल पक्षको छ । तर खनाल–नेपाल पक्षलाई खबरै नगरी प्रधानमन्त्री तथा अध्यक्ष ओलीले गत फागुन २८ मा केन्द्रीय कमिटी बैठक गरी माओवादी केन्द्रबाट आएका २३ जना नेतालाई केन्द्रीय कमिटीमा मनोनयन गर्ने निर्णय गराएका थिए । त्यो निर्णय खारेज हुनुपर्ने र वैधानिक ढंगबाट पार्टीको केन्द्रीय कमिटी बैठक बोलाउनुपर्ने माग खनाल–नेपाल पक्षले गर्दै आएको छ तर ओलीले खनाल–नेपाल पक्षको माग सुनेका छैनन् ।

    ओलीले माग नसुनेपछि गत चैत ४ र ५ गते खनाल–नेपाल पक्षले राजधानीमा आफू पक्षका नेताहरुको राष्ट्रिय कार्यकर्ता भेला गरेको थियो । भेला रोक्न ओलीले खनाल–नेपाल पक्षलाई आग्रह गरेका थिए तर नरोकेपछि उनले पार्टी अनुशासनविपरीत गतिविधि गरेको भन्दै नेपाल, रावल, भुसाल र पाण्डेलाई स्पष्टीकरण सोधेका थिए ।

    ओलीलाई स्पष्टीकरण दिनुको सट्टा नेताहरुले उल्टै प्रतिप्रश्न सहितको पत्र पठाएपछि ओलीले ४ नेतालाई ६ महिनाका लागि साधारण सदस्यबाट निलम्बन गरिसकेका छन् । ओलीले कारबाहीको दायरा बढाउँदै लगेपछि खनाल–नेपाल पक्ष अब ओलीको ज्यादति सहेर बस्न नसक्ने निष्कर्षमा पुग्दै आफ्नो शक्ति विस्तारमा जुटेको छ । आजको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।

    images
    images
    images

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०९:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology