पाकिस्तान - पाकिस्तान नियन्त्रणमा रहेको काश्मीरस्थित गिलगिट बाल्टिस्तानका चिकित्सकहरु विरोध प्रदर्शन गर्दै धर्नामा बसेका छन् । नियमित र पोस्ट ग्रेजुएसनको भर्नाका लागि अस्वीकृत गरेपछि उनीहरुले पाकिस्तान सरकारविरूद्ध विरोध प्रदर्शन गरेका हुन् ।
“हामी यहाँ नियमित र पोस्ट ग्रेजुएसन प्रवेश अस्वीकृत भएको विरोधका लागि भेला भएका छौं । जिल्ला प्रशासन मृत्युतुल्य भएको छ । यो डाक्टरहरूको अपमान हो । हामी आवश्यक कदम चाल्ने छौं,” एक डाक्टरले भने ।
डाक्टरहरू भर्ना कार्यक्रम नियमित गर्नका लागि सरकारले पहल गर्नुपर्ने माग राखिरहेका छन् । सरकारले चिकित्सकहरुलाई पोस्ट-ग्रेजुएसनका लागि भर्ना लिने गरी जुन २०२० मा नयाँ नियम बनाइए पनि अनुमोदन गरिएको छैन ।
"विरोध सम्झौता नियमनसँग सम्बन्धित छ, जुन २०२० मा पारित भयो । यो अझै हस्ताक्षर गरेर अनुमोदन भएको छैन । हामी मार्चदेखि प्रतिक्षामा छौं । उनीहरूले यस ढिलाइको कारण खुलासा गरिरहेका छैनन् । चिकित्सकहरु लामो समयदेखि सेवामा छन् र पनि अझै नियमित गर्न सकेको छैन," ती चिकित्सकले भने ।
युवा डाक्टरहरुलाई शोषण गर्न रोक्न माग गर्दै उनीहरुले अत्यावश्यकबाहेकका सेवा ठप्प पार्ने चेतावीसमेत दिएका छन् ।
गिलगित बाल्टिस्तान क्षेत्रका तृतीयक अस्पतालहरूको अभावको बारेमा कुरा गर्दै एक आन्दोलनमा सहभागी चिकित्सकले भने, “प्रशासनलाई अझै लाज लागेको छैन ।"
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।