मंगलवार, बैशाख ७ २०७८Apr 20 2021

Logo
images
images
images
images

भलिबलको उपाधि आर्मीलाई, कांग्रेस नेता खड्काले दिए विजेतालाई पुरस्कार 

भलिबलको उपाधि आर्मीलाई, कांग्रेस नेता खड्काले दिए विजेतालाई पुरस्कार 

  • मिडिया डबली
  • मंगलवार, चैत्र १० २०७७

  • 1.3K
    SHARES

  • भलिबलको उपाधि आर्मीलाई, कांग्रेस नेता खड्काले दिए विजेतालाई पुरस्कार 

    काठमाडौं – इलाममा जारी दोस्रो आमन्त्रण खुला भलिबल खेलको उपाधि नेपाली सेनाको विभागीय टीम नेपाल आर्मीले हात पारेको छ ।

    आईतबार इलामको टुँडीखेलमा भएको खेलमा ३/२ को सेटमा विमान ट्रेडर्स झापालाई पराजित गर्दै आर्मीले उपाधि हात पारेको हात पारेको हो ।

    images
    images

    विमान ट्रेडर्स झापाले लगातार १७–२५ र २२–२५ ले २ सेट जिते पनि पछिल्लो ३ सेट आर्मीले लगातार १८–२५ २२–२५ र १२–१५ ले जित्दै विमानलाई निराश बनाएर पठाएको थियो । 

    अधिकांश दर्शकहरू विमानले खेलमा विजय हाँसिल गर्छ भन्ने अपेक्षालाई चिर्दै नेपाल आर्मीले चकित रूपमा जीत हात पारेको थियो । 

    विजेता टीम नेपाल आर्मीलाई कार्यक्रमका विशिष्ट अतिथि तथा नेपाली कांग्रेसका प्रभावशाली युवा नेता डम्बर खड्काले नगद २ लाख रुपैयाँ, मेडल, ट्रफी दिएका थिए । कार्यक्रममा नेता खड्कालाई इलाम नगर प्रमुख महेश बस्नेतले आयोजक समितिको तर्फबाट सम्मान गरेका थिए ।

    खेलमा ३ वटा विभागीय टीम, ख्याती प्राप्त गण्डकी प्रदेश र झापाका २ टीमसहित जम्मा ७ वटा टीमको सहभागिता रहेको थियो । झापाबाट सहभागी हुने अधिकांश खेलाडी छिमेकी मुलुक भारतबाट खेल्ने राष्ट्रिय खेलाडी थिए ।

    देशमै हालसम्मको ठूलो आयोजना रहेको भलिबल खेल पहिलो पटक इलाममा सम्पन्न भएको आयोजक समितिका प्रकाश दुलालले बताए । खेल जिल्ला भलिबल संघको आयोजनामा सम्पन्न भएको छ ।

    162965475_765594810993260_1870507302015910085_n.jpg163282422_389877865434181_6326014214179360537_n.jpg

    images
    images
    images

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, माघ १७ २०७७०८:५७:०५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology