नयाँदिल्ली - भारतस्थित भारत बायोटेक इन्टरनेशनल कम्पनीले ब्राजिलमा कोभिड–१९ बिरुद्धको २ करोड डोज खोप आपूर्ति गर्ने सहमति गरेको छ ।
कम्पनीले भारतमा उत्पादित कोभाक्सिन खोप २ करोड डोज ब्राजिललाई आपूर्ति गर्ने सहमति गरेको हो ।
बिभिन्न देशहरुमा प्रभावकारी मानिएको कोभाक्सिन खोप आपूर्ति गर्न उत्साहित भएको कम्पनीको भनाई छ। सहमति अनुसार कम्पनीले ब्राजिलमा यहि बर्ष अप्रिल–मे र जुलाई–सेप्टेम्बरमा दुइ चरणमा खोप उपलब्ध गराउने भएको छ।
गत जनवरीमा भारतले ब्राजिलमा २० लाख डोज कोभिसिल्ड खोप प्रदान गरेको थियो । भारतमा आपतकालिन प्रयोगका लागि कोभाक्सिन र कोभीसिल्ड दुइ खोपहरुलाई मान्यता दिइएको छ ।
खोप आपूर्तिको सहमतिपछि ब्राजिलका राष्ट्रपति जेर बोल्सोनारो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यबाद दिएका छन् । वर्तमान समयमा विश्वमा जारी महामारि बिरुद्ध साझेदार देश भारतको सहयोग अतुलनीय रहेको उनले बताए ।
भारतले अनुदान सहयोग र वित्तीय गरि हालसम्म तीन करोड ६२ लाख डोज बराबर खोप बिभिन्न मुलुकमा पठाइसकेको भारतीय विदेश मन्त्रालयले उल्लेख गरेको छ । स्रोतः द सिंगापुर पोष्ट-
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।