मंगलवार, बैशाख ७ २०७८Apr 20 2021

Logo
images
images
images
images

अनिश्‍चयबीच भएको भारत-पाकिस्तान युद्धविरामले नयाँ आशालाई पुनर्जीवित गर्‍यो : ईएफएसएएस

अनिश्‍चयबीच भएको भारत-पाकिस्तान युद्धविरामले नयाँ आशालाई पुनर्जीवित गर्‍यो : ईएफएसएएस

  • मिडिया डबली
  • सोमवार, फाल्गुण २४ २०७७

  • 360
    SHARES

  • अनिश्‍चयबीच भएको भारत-पाकिस्तान युद्धविरामले नयाँ आशालाई पुनर्जीवित गर्‍यो : ईएफएसएएस

    भारत - वर्षौदेखि सीमा क्षेत्रमा भिड्दै आएका भारत र पाकिस्तानले २२ फेब्रअरीमा पहिलो संयुक्त विज्ञप्ति जारी गर्दै युद्धविरामको घोषणा गरेका छन् । दुबै मुलुकबीचको यस विज्ञप्तिले दुबै अनिश्‍चयबाट बाहिर निस्किएको भन्‍ने सन्देश दिएको युरोपियन फाउन्डेसन फर साउन एसियन स्टडिज् (ईएफएसएएस) ले जनाएको छ । 

    दुबै मुलुकका जनताको भावना नै शत्रुपूर्ण बनेको भन्‍ने आरोप लागिरहेको समयमा लिइएको यो निर्णयले सम्बन्ध सुधारको आधार तय गर्नेसमेत जनाइएको छ । यदि कुनै पनि मुलुकले यसमा कुनै षड्‌यन्त्र गरेको होइन भने यस्तो संवेदनशीलताको विषयमा संवाद गर्न शान्ति कायम हुन आवश्यक थियो, जुन दुबै मुलुक एक कदम अघि बढेका छन् । 

    images
    images

    दुई देशका सेनाका महानिर्देशक सैन्य अपरेशन (डीजीएमओ) ले अन्ततः युद्धविरामको घोषणा गर्दै दुबै पक्षको मनसाय बेवास्ता गरेको भए पनि यस समयमा निश्चय नै निष्कपट हुने प्रतिबद्धता व्यक्त गरेका छन् । 

    १५ दिन अगाडि भारत-पाकिस्तान दुबै एक-अर्काप्रतिको तनावपूर्ण सम्बन्ध र दुबै देशका बासिन्दाहरुले एक अर्कामा कुरा गर्ने सम्भावनासमेत नरहेको अवस्थामा गरिएको यो सम्झौता ठूलो भएको सम्बन्धमा पार्ने सकारात्मक प्रभावको अभिव्यक्त भएको बताइएको छ । ईएफएसएएसले यस सम्झौतालाई अत्यधिक आवाश्यक र अकल्पनीय सम्झौताको रुपमा व्याख्या गरेको छ । 

    रक्तपात अवस्था, वैमनस्यता र अविश्‍वाको भूमरिमा फसेको सम्बन्धलाई संवादका माध्यमबाट विश्‍वास सिर्जना गर्दै गरिएको यो सम्झौता एक ऐतिहासिक भएकोसमेत जनाइएको छ ।

    यदि पाकिस्तानी सञ्‍चारमाध्यम डनले भनेको छ, “केही कामहरु ब्याकचेनेल वार्ता कार्यमा हुन सक्छन् । तर, यसमा को संलग्न थिए ? स्रोतहरुका अनुसार यसमा दुई देशको खुफिया एजेन्सीहरू बीच वार्ताहरु भएका थिए । 

    त्यो स्थिति नयाँ दिल्लीमा सरकार र रावलपिंडीमा रहेको सैन्य प्रतिष्ठानबाट स्पष्ट रुपमा स्पष्ट स्वीकृति नभएको अवस्थामा कुशल, अनुभवी र सशक्त वार्ताहरु सम्भव थिएनन् । यो निकै ठूलो काम भएको छ ।" 

    २२ फेब्रुअरीमा गरिएको युद्धविरामको सम्झौता मात्र होइन तर सन् २००३ मा गरिएको युद्धविरामको सम्झौतालाई पनि दुवै देशहरुबीच कायम राख्‍न प्रतिबद्धता गरिएको छ ।  उक्त सम्झौताले भारत - पाकिस्तान सीमा र दुई देशलाई छुट्टयाउने नियंत्रण रेखा (एलओसी) मा शान्ति ल्याउने लक्ष्य राखेको छ । 

    दुई बर्षदेखि अस्तित्वमा रहेको हटलाइनमा दुई देशका डिजीएमओ बीचको दुर्लभ वार्तालाप पछि जारी संयुक्त बयानमा भनिएको छ, "सबै सम्झौता, सहमतिहरु कडाइका साथ पालना गर्न दुबै मुलुक सहमत भएका छन् । नियन्त्रण रेखा र अन्य सबै क्षेत्रहरूमा गोलीबारी रोक्न निर्देशन जारी भइसकेको छ । “भारत र पाकिस्तानका सैन्य अपरेशनका महानिर्देशकहरूले हटलाइन सम्पर्कको स्थापित संयन्त्रको बारेमा छलफल गरेका छन् ।"

    दुबै पक्षले नियन्त्रण रेखा र अन्य सबै क्षेत्रलाई स्वतन्त्र, स्पष्ट र सौहार्दपूर्ण वातावरणमा स्थितिको समीक्षा गरेका छन् । सीमामा पारस्परिक लाभदायक र दिगो शान्ति प्राप्त गर्ने पक्षमा, दुई डीजीएमओहरु एक अर्काको मुख्य मुद्दाहरू र सरोकारहरू सम्बोधन गर्न सहमत भएका छन् ।

    जसले शान्तिलाई बाधा पुर्‍याउने र हिंसा निम्त्याउने प्रवृत्तिलाई अन्त्य गर्ने विश्‍वास लिइएको छ । दुबै पक्षले "दोहोर्‍याएका थिए कि कुनै पनि अप्रत्याशित परिस्थिति वा गलत सूचनाको समाधानका लागि हटलाइन सम्पर्क र सीमावर्ती बैठकहरूको अवस्थित संयन्त्रको उपयोग गरिने" सहमति गरेका छन् ।

    images
    images
    images

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, फाल्गुण २४ २०७७०८:०४:०१

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology