काठमाडौं – आफूमाथि लागेको यौन दुर्व्यवहारको मुद्दा सम्बन्धी आरोपबारे अनुसन्धानलाई सहज बनाउन भन्दै भारतको कर्नाटक प्रदेशका मन्त्री रमेश जरकीहोलीले बुधबार अकस्मात राजीनामाको घोषणा गरेका छन् ।
मन्त्री रमेशले आरोपबारे अनुसन्धानका लागि नैतिक रूपमा राजीनामा दिएको जनाएका छन् । उनले आफू निर्दोष रहेको दाबी समेत गरेका छन् ।
मन्त्री रमेशले दिएको राजीनामा मुख्यमन्त्री बीएस येदियुरप्पाले स्वीकृत गर्दै अनुमोदनका लागि गभर्नरसमक्ष पठाएका छन् ।
यसअघि रमेशमाथि सामाजिक अभियान्ता दिनेश कलाहालीले १ महिलामाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएका थिए । दिनेशले महिला र मन्त्रीबीचको भिडियो, स्क्रिनसट र टेलिफोन कुराकानी समेत सार्वजनिक गरेका थिए ।
दिनेशले प्रहरीमा मन्त्री रमेशविरुद्ध उजुरी समेत दिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आफू पीडितको आफन्त पनि नभएको उनले स्पष्ट पारेका थिए ।
सत्तारूढ पार्टीका नेताहरूले राजनीतिक पूर्वाग्रहबाट अभिप्रेरित घटना हुनसक्ने भन्दै यस विषयमा अनुसन्धानबाट मात्र सबै कुरा खुल्ने प्रतिक्रिया दिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।