शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

प्रचण्डको भाषा बोल्न थाले ईश्वर पोखरेल !

प्रचण्डको भाषा बोल्न थाले ईश्वर पोखरेल !

  • मिडिया डबली
  • शनिवार, फाल्गुण १५ २०७७

  • 8.1K
    SHARES

  • प्रचण्डको भाषा बोल्न थाले ईश्वर पोखरेल !

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षका नेता एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रतिनिधिसभा संसद विघटन मुद्दामा सर्वोच्च अदालतको फैसलाप्रति असहमति व्यक्त गरेका छन् ।

    ओली पक्षका विद्यार्थीले राजधानी काठमाडौंमा गरेको कार्यक्रममा पोखरेलले मुलुकलाई अस्थिरतातिर धकेल्ने गरी फैसला आएको भन्दै असहमति रहेको बताएका छन् ।

    ‘सबैभन्दा ठूलो फैसला दिने न्यायाधीश सर्वोच्चको न्यायाधीशहरू होइनन् र हुन सक्दैनन् । सबैभन्दा ठूलो फैसला दिने न्यायाधीश भनेका जनता हुन्,’ पोखरेलले भने । तर लोकतन्त्र र शक्ति पृथकीकरणमा विश्वास गर्ने भएकाले सर्वोच्चको फैसला कार्यान्वयन गर्ने पोखरेलले बताएका छन् ।

    सर्वाेच्च अदालतमा मुद्दा विचाराधीन रहेका बेला यस्तै बोली पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोल्ने गरेका थिए । प्रचण्डले सर्वाेच्च अदालतले संसद पुनःस्थापना नगरे जनताको अदालतले पुनःस्थापना गर्ने घुमाउरो चेतावनी दिने गरेका थिए । अहिले पोखरेलले त्यस्तै भाषा, शैलीमा सर्वाेच्च अदालततिर औला उठाएका छन् ।

    सर्वोच्चको फैसलाप्रति असहमति रहेको जनाउँदै नेता पोखरेलले भने, ‘तिमीभन्दा शक्तिशाली न्यायाधीशहरू जनता हुन् । जनताले गर्ने फैसलाको प्रतीक्षामा छौं हामी । त्यसको तयारीमा छौं ।’

    सर्वोच्च अदालतको फैसलाका सम्बन्धमा टिप्पणी गर्न नहुनेबारे नेता पोखरेलले भने, ‘यो विरुद्धमा होइन, हाम्रो असहमति हो । विश्लेषणको आधारमा गरेको हाम्रो अहसमति । हामीले भनेका छौं – तिम्रो फैसलाले यो मुलुक जुन दुर्भाग्यतिर जान लाग्दैथियो, त्यही दुर्भाग्यतिर जानको लागि प्रेरित गरेको छ ।’

    उनले सर्वोच्चको फैसलाकै कारण मुलुक विकास र समृद्धिमा बाधा पुग्ने जिकिर गरे । अराजकतालाई बढावा दिने गरी फैसला आएको भन्दै उनले मुलुकलाई घिनलाग्दो राजनीतिक खेलतर्फ धकेलेको समेत बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, बैशाख ३० २०७७०३:३४:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend