काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षमा दोस्रो तहका नेता महासचिवका आकांक्षी हुँदा कसलाई बनाउने भन्ने सकस परेको छ ।
प्रतिनिधिसभा विघटनसँगै बसेको पहिलो केन्द्रीय कमिटी बैठकले अध्यक्षमा माधवकुमार नेपाल चयन गर्ने निर्णय गरेको थियो ।
पार्टी अध्यक्ष र संसदीय दलको नेता समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारवाही गर्दै रिक्त अध्यक्ष पदमा नेपाललाई नियुक्त गरिएको छ ।
संसदीय दल नेतामा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चयन गर्ने निर्णय समेत गरिसकेको प्रचण्ड–नेपाल पक्षले महासचिव भने चयन गर्ने सकेको छैन ।
स्रोतका अनुसार महासचिव हुन तत्कालीन नेकपा एमालेबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र तत्कालीन माओवादी केन्द्रबाट वर्षमान पुन, जर्नादन शर्मा, दौडधुपमा छन् । तर महासचिव तत्कालीन एमाले वा माओवादी केन्द्र कसले लिने भन्ने टुंगो लाग्न नसक्दा समस्या भएको छ ।
तत्कालीन एमालेबाट कि माओवादी केन्द्रबाट भन्ने नै टुंगो नलागेको स्रोत बताउँछ । ‘पहिला पुरानो पार्टी कुनबाट हुने टुंगो लागेपछि मात्र को हुने भन्न सकिन्छ । दुवै अध्यक्षबीच कुरा मिलेको छैन,’ स्रोतले भन्यो ।
स्थायी कमिटी बैठकले महासचिवसहित पार्टी एकताका काम टुंगो लगाउन सचिवालयलाई जिम्मेवारी दिएको छ । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।