काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली युवा नेता तथा पूर्व सांसद रामहरि खतिवडाले फुटेको कम्युनिस्ट पार्टी (फुकपा) नेताहरूमाथि व्यंग्य प्रहार गरेका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा बुधबार टिप्पणी लेख्दै नेता खतिवडाले किसानलाई समयमै मल ल्याउन नसक्ने नेताहरूले काठमाडौंमा लाखौं मानिस ल्याएर मलमुत्र व्यवस्था गरेकोमा व्यंग्यात्मक बधाई दिएका छन् ।
‘समयमै मलको व्यवस्थापन गर्न नसक्ने प्रधानमन्त्री केपी ओली र कृषिमन्त्री घनश्याम भुसालले काठमाडौंमा एक हप्तामा नै लाखौं मानिस ल्याएर मलमुत्रको व्यवस्था गर्न सफल हुनुभएकोमा दुबै गुट कम्युनिस्टलाई हार्दिक बधाई !’ उनले लेखेका छन्, ‘यो मलले धेरै जन उत्पादन हुने विश्वास नलिन फुकपाका नेताहरूलाई अनुरोध छ ।’
नेकपाका प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्ष फुटेर छुट्टाछुट्टै शक्ति प्रदर्शन गरिरहेका छन् । नेता खतिवडाले यसप्रति व्यंग्य गरेका छन् ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।