आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

गृहमन्त्री बादलको कडा निर्देशनकै भरमा रामकुमारी झाँक्रीलाई पक्राउ गर्न सक्छ प्रहरी ?

गृहमन्त्री बादलको कडा निर्देशनकै भरमा रामकुमारी झाँक्रीलाई पक्राउ गर्न सक्छ प्रहरी ?

  • मिडिया डबली
  • मंगलवार, माघ २७ २०७७

  • 5.7K
    SHARES

  • गृहमन्त्री बादलको कडा निर्देशनकै भरमा रामकुमारी झाँक्रीलाई पक्राउ गर्न सक्छ प्रहरी ?

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएसँगै प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्ष एकअर्कालाई सिध्याउने तहसम्मै पुग्न थालेका छन् ।

    ओली पक्षीय गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रचण्ड पक्षीय नेत्री रामकुमारी झाँक्रीलाई पक्राउ गर्न नेपाल प्रहरीलाई कडा निर्देशन दिएका छन् ।

    गृहमन्त्री बादलको निर्देशन प्रहरीको महानगरीय अपराध महाशाखाले झाँक्रीलाई पक्राउ गर्ने योजना बनाएको छ । नेकपा प्रचण्ड–नेपाल पक्षकी केन्द्रीय सदस्य रामकुमारी झाँक्री हाल बाग्लुङमा रहेपनि काठमाडौंमा माघ २८ गते हुने प्रदर्शनमा सहभागी हुन उनी राजधानी आउने भएकाले काठमाडौंमै उनलाई पक्राउ गर्ने योजना प्रहरीले बनाएको छ ।

    राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अभद्र टिप्पणी गरेको अभियोगमा नेत्री झाँक्रीलाई प्रहरीले पक्राउ गर्न लागेको छ ।

    राष्ट्रपति भण्डारीविरुद्ध विवादास्पद अभिव्यक्ति दिएपछि नेत्री झाँक्रीलाई पक्राउ गर्न ओली पक्षीय अखिल नेपाल महिला संघ (अनेमसंघ) सम्बद्ध महिलाले गृहमन्त्री बादललाई ज्ञापनपत्र बुुझाएका थिए । त्यसपछि गृहमन्त्रीले झाँक्रीलाई पक्राउ गर्न प्रहरीलाई मौखिक निर्देशन दिएका हुन् ।

    नेत्री झाँक्रीलाई पक्राउ गर्न माथिबाटै निर्देशन आएको नेपाल प्रहरीका एक उच्च अधिकारीले जानकारी दिए । 

    गोरखा जिल्लामा आयोजित एक विरोध कार्यक्रमा झाँक्रीले भनेकी थिइन्, ‘राष्ट्रपतिका कुरा त के गर्नु, म बडामहारानीलाई गोरखाबाटै सन्देश दिन चाहन्छु, निर्वाचनको तयारीका लागि सुखसुविधा ऐस–आराम शितलनिवास छाडेर पहिला कोटेश्वरमा आउनुहोस्, चाबहिल कि कता बानेश्वरतिर बसाइँ छ भन्ने सुन्या छु, होइन भने बालकोटै गए पनि हुन्छ ।’

    नेत्री झाँक्रीको अभिव्यक्तिको सामाजिक सञ्जालमा समेत चर्काे विरोध भएको थियो । विघटित प्रतिनिधिसभा सांसद समेत रहेकी झाँक्रीलाई पक्राउ गर्ने तयारी हुनुलाई नेकपाभित्र विवाद झनै चर्किने संकेतका रूपमा समेत लिन थालिएको छ ।

    प्रहरीमा कुनै लिखित उजुरी वा लिखित निर्देशन नआएको अवस्थामा गृहमन्त्रीकै निर्देशनको भरमा प्रहरीले झाँक्रीलाई पक्राउ गर्न सक्छ कि सक्दैन भनेर समेत चासोका साथ हेरिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend