आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

खाेपका विषयमा परराष्ट्र मन्त्रालय र चिनियाँ दूतावासबीच पत्र जुहारी

खाेपका विषयमा परराष्ट्र मन्त्रालय र चिनियाँ दूतावासबीच पत्र जुहारी

  • मिडिया डबली
  • आइतवार, माघ २५ २०७७

  • 16.8K
    SHARES

  • खाेपका विषयमा परराष्ट्र मन्त्रालय र चिनियाँ दूतावासबीच पत्र जुहारी

    काठमाडाैँ - काेराेना विरूद्दकाे खाेपका विषयमा परराष्ट्र मन्त्रालय र चिनियाँ दूतावासबीच पत्र जुहारी चलेकाे छ।  चिनियाँ दूतावासले भनेको छ– ‘आवश्यक कागजात पछि उपलब्ध गराइन्छ र तत्काल खोप लैजानु, अहिले खोप संकलन गर्न नसके पछि निकै समय कुर्नुपर्छ।’

    चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाललाई कोरोना भाइरसविरुद्धको पाँच लाख डोज खोप उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । भारतले नेपाललाई १० लाख डोज कोभिशिल्ड खोप उपलब्ध गराएपछि चीनले पनि नेपाललाई खोप उपलब्ध गराउने प्रतिद्धता जाहेर गरेको हो ।

    परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चिनियाँ विदेशमन्त्रीबीचको टेलिफोन वार्ताका क्रममा पाँच लाख डोज खोप उपलब्ध गराउने प्रतिबद्धता चीनले जाहेर गरेको परराष्ट्र मन्त्रालयले शुक्रबार बेलुका विज्ञप्ति जारी गर्दै जानकारी गराएकाे थियाे ।

    यसअघि माघ १८ गते नेपालस्थित चिनियाँ दूतावासले नेपाललाई आफ्नै सरकारी कम्पनी सिनोफार्मले उत्पादन गरेको तीन लाख डोज सिनोभ्याक खोप अनुदानमा उपलब्ध गराउने जनाएको थियो ।

    चीनले खोप उपलब्ध गराउने भने पनि विश्वका विभिन्न मुलुकहरुबाट चिनियाँ खोपप्रति आशंका उत्पन्न भइरहेको छ । चिनियाँ कम्पनी सिनोफार्मले विकास गरेको सिनोभ्याक खोपको ब्राजिलमा गरिएको तेस्रो चरणको परीक्षणमा क्रममा ५०.४ प्रतिशतमात्रै प्रभावकारी देखिएपछि आशंका उत्पन्न भएको हो ।

    अक्सफोर्डले विकास गरेको खोप ७० प्रतिशत र फाइजर र मोर्डेनाले विकास गरेको खोप ९५ प्रतिशत प्रभावकारी भएको अवस्थामा चिनियाँ खोप ५० प्रभावकारी भएको भन्दै पश्चिमा मुलुकहरुले प्रश्न उठाइरहेका छन् ।

    चिनियाँ विदेशमन्त्री वाङले चिनियाँ दूतावासले उपलब्ध गराउने प्रतिबद्धता गरेकोभन्दा दुई लाख बढी खोप अनुदानमा दिने बताएका छन् । वाङले परराष्ट्रमन्त्री ज्ञवालीसँग खोप सहकार्यमा नेपाललाई प्राथमिकता दिने पनि बताएका छन् । तर, उक्त टेलिफोन वार्ताको पछाडि विभिन्न घटनाक्रमहरु विकास भएका थिए ।

    दूतावासलाई परराष्ट्रको पत्र

    नेपालमा दुईवटा कम्पनीले चिनियाँ खोप आपूर्ति गर्नका लागि अनुमति माग गरेका छन् । खोप आपूर्तिका लागि नेपालको औषधि व्यवस्था विभागलाई दुईवटा कम्पनीले आवदेन दिएका हुन् । तर, उनीहरुले नेपालमा खोप आपूर्तिका लागि उपलब्ध गराउनुपर्ने कागजात भने उपलब्ध गराएका छैनन् ।

    परराष्ट्र मन्त्रालले दुबै कम्पनीले मापदण्डको पालना नगरेको दूतावासलाई पत्रमार्फत् जानकारी गराएको छ । उनीहरुले नेपालको कानुनअनुसार दर्ता प्रकियाका लागि आवश्यक कागजात पनि उपलब्ध गराएका छैनन् । यसबारे परराष्ट्र मन्त्रालयले नेपालस्थित चिनियाँ दूतावासलाई पत्र पठाएको थियो ।

    दूतावासको ’चेतावनीपूर्ण जवाफ’
    यस विषयमा चिनियाँ दूतावासले परराष्ट्र मन्त्रालयलाई चेतावनीपूर्ण जवाफ पठाएको छ । तर, परराष्ट्रले सोधेको अनुमतिका लागि आवश्यक कागजात उपलब्ध र कम्पनीको आधिकारिकताबारेमा भने कुनै जवाफ दिइएको छैन ।

    चिनियाँ दूतावासले परराष्ट्र मन्त्रालयलाई आवश्यक कागजात पछि उपलब्ध गराउने र तत्काल खोप लैजानु भनेर प्रत्युत्तर पत्र पठाएको छ । चिनियाँ पक्षले अनुदान सहायता प्रक्रियालाई सहज बनाउँदै नेपालका लागि विशेष व्यवस्थामार्फत् खोप उपलब्ध गराउने भएकोले तत्काल खोप लैजान दूतावासले परराष्ट्र मन्त्रलालयलाई भनेको छ ।

    परराष्ट्रलाई पठाएको पत्रमा भनिएको छ, “चीन र नेपालबीचको मित्रता र नेपालले कोभिड–१९ खोपहरूको आग्रहलाई जोड दिँदै चिनियाँ पक्षले अनुदान सहायता प्रक्रियालाई सरल बनाउँदै नेपालका लागि भ्याक्सिन उत्पादन र पु¥याउने विशेष व्यवस्था गर्ने निर्णय गरेको छ । नेपाली पक्षलाई अनुदान सहायता अन्तर्गत दान गर्नका लागि सिनोफर्म खोप तुरुन्तै लैजान सुझाव छ । कानुनी प्रावधानसम्बन्धी प्रक्रियाका लागि आवश्यक कागजात एकसाथ पछि प्रदान गर्न सकिन्छ ।”

    त्यसैगरि सोही पत्रमा अहिले खोप नेपालले नलगे पछि उपलब्ध हुन नसक्नेसमेत चिनियाँ दूतावासले जनाएको छ । दूतावासले भनेको छ, “सिनोफार्म खोपको माग उच्च भएका कारण आपूर्ति निकै कठिन बन्दै गएको छ । चिनियाँ पक्षले नेपालका लागि भने विशेष व्यवस्था गरेको छ । यदि नेपाली पक्षले तत्काल सिनोफार्मले विकास गरेको खोप संकलन गर्न नसकेको अवस्थामा यो खोप अन्य व्यापारिक परियोजनका लागि वितरण गरिनेछ । त्यसपछि नेपालले चिनियाँ खोप पाउन निकै समय कुर्नुपर्ने छ ।”

    1 chaina.jpeg

    2 chaina.jpeg

    3 chaina.jpeg

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, मंसिर २० २०७७०८:२७:३०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend