मंगलवार, चैत्र ६ २०८०Mar 19 2024

Logo
images

प्रजातन्त्र समर्थित वेबसाइटमा प्रतिबन्ध लगाएको हङकङका इन्टरनेट प्रदायकहरुद्वारा स्वीकार 

प्रजातन्त्र समर्थित वेबसाइटमा प्रतिबन्ध लगाएको हङकङका इन्टरनेट प्रदायकहरुद्वारा स्वीकार 

  • मिडिया डबली
  • शुक्रवार, माघ ९ २०७७


  • प्रजातन्त्र समर्थित वेबसाइटमा प्रतिबन्ध लगाएको हङकङका इन्टरनेट प्रदायकहरुद्वारा स्वीकार 

    हङकङ - चीनले हङकङका प्रजातन्त्र समर्थित व्यक्तिहरुलाई निशाना बनाएर सफाया अभियान चलाइरहेका छन् । प्रजातन्त्र समर्थित व्यक्तिहरुलाई नियन्त्रणमा लिने काम गरिरहेको छ । 

    चीनले असन्तुष्टिलाई रोक्ने क्रममा हङकङका प्रजातन्त्र समर्थित वेबसाइटहरुमा प्रतिबन्ध लगाइएको छ । एउटा टेलिकम कम्पनीले हङकङमा प्रजातन्त्र समर्थक आन्दोलनमा समर्पित सबैभन्दा लोकप्रिय वेबसाइटहरुमा प्रतिबन्ध लगाएको स्वीकार गरेका छन् । 

    images
    images
    images

    हङकङको पहिलो इन्टरनेट सेवा प्रदायक संस्था (हङकङ ब्रोडब्यान्ड नेटवर्क) ले प्रजातन्त्र समर्थित मुख्य वेबसाइटहरु प्रतिबन्ध लगाएको स्वीकार गरेको हो । बेइजिङको नयाँ सुरक्षा कानुनअन्तर्गत उक्त प्रजातन्त्र समर्थित वेबसाइटहरु बन्द गरिएको चिनियाँ सञ्‍चारमाध्यमहरुले जनाएका छन् । 

    साउथ चाइना मर्निङ पोस्ट (एससीएमपी) ले हङकङ ब्रोडब्यान्ड नेटवर्क (एचकेबीएन) ले बिहीबार एचकेक्रोनिकल्समा ग्राहकहरूको पहुँच असक्षम गर्न हङकङका अधिकारीहरुले आग्रह गरेको र सोही आग्रहमा प्रतिबन्ध लगाएको जनाएको हो । 

    चीनको नयाँ सुरक्षा कानुनलाई देखाउँदै हङकङका अधिकारीहरुले उक्त वेबसाइठमा भएका लेख, फोटो र भिडियोलगायतका सम्पूर्ण सामग्रीहरुमा प्रतिबन्ध लगाएको हो । 

    सहरको दोस्रो ठूलो इन्टरनेट सेवा प्रदायकले भन्यो, "हामीले राष्ट्रिय सुरक्षा कानुनअन्तर्गत जारी आवश्यकता अनुरूप वेबसाइटको पहुँच असक्षम गर्‍यौं ।"

    सहरका आइएसपीहरूले वेबसाइटको पहुँच रोक्नको लागि अधिकारीहरूले पहिलो पटक राष्ट्रिय सुरक्षा कानुनको गलत दुरुपयोग गरेको र कानुनको धारा ४३ लाई दुरुपयोग गरेको हो । 

    हङकङका अधिकारीहरुले हङकङको सुरक्षाका लागि विशेष कदम चाल्‍नुपरेको बताएको छ । सन् २०१९ मा हङकङमा प्रजातन्त्रको पक्षमा चर्को आन्दोलन भएपछि सन् २०२० को जुन अन्तिममा नयाँ सुरक्षा कानुन जारी गरेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, माघ ९ २०७७०६:२८:२७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री
    • सन्जिब न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend