काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएपछि प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षले एकअर्कामाथि आरोप–प्रत्यारोप र व्यंग्य गरिरहेका छन् ।
ओली पक्षीय नेता तथा पूर्व मन्त्री गोकुल बाँस्कोटाले नेकपा प्रचण्ड–नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठमाथि सामाजिक सञ्जाल ट्विटरमार्फत कडा व्यंग्य गरेका छन् ।
प्रवक्ता श्रेष्ठले एउटा विज्ञप्ति शेयर गर्दै ट्विटरमा लेखेका थिए, ‘प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमको विरुद्ध सिंगो देश एक हुँदैछ । आज बुद्धिजीवी संगठनहरूले संयुक्त वक्तव्य दिँदै संयुक्त संघर्षको अपील गरेका छन् ।’
प्रवक्ता श्रेष्ठको ट्वीटको जवाफमा बाँस्कोटाले लेखेका छन्, ‘काजीभन्दा बुद्धिजीवी को होला र नेपालमा ? सैद्धान्तिक व्यापारी !’
प्रवक्ता श्रेष्ठले शेयर गरेको बुद्धिजीवीको विज्ञप्ति यस्तो थियो –
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।