काठमाडौं – मन्दिरमा अनुष्ठानसहित विशेष पूजा गरेर फर्किने क्रममा भारतका केन्द्रीय आयुषमन्त्री श्रीपाद नाइक दम्पती सवार कार दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा ६८ वर्षीय मन्त्री नाइक गम्भीर घाइते भएका छन् ।
कार सोमवार कर्नाटकको अंकोलामा दुर्घटनामा पर्दा मन्त्रीकी पत्नी विजया नाइक र स्वकीय सचिवको मृत्यु भएको छ ।
गम्भीर घाइते मन्त्री नाइकको अहिले अंकोला जिल्ला अस्पतालमा उपचार भइरहेको छ । अहिले उनको अवस्था स्थिर रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
मन्त्री नाइक पत्नीसहित गोकर्ण गइरहेका बेला येल्लापुर र गोकर्णबीचको सडकखण्डमा दुर्घटना भएको थियो । कारमा सवार अन्य ३ जना गम्भीर घाइते भएका छन् ।
मन्त्रीको परिवार कर्नाटकको येल्लापुरस्थित गणपति, कवादिकरे, पंडवासी ग्राम दीवी मन्दिर र ईश्वर मन्दिरमा पूजा गरेर फर्किँदा दुर्घटनामा परेका हुन् । दुर्घटनाप्रति भारत सरकारले दुःख व्यक्त गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।