मंगलवार, श्रावण २४ २०७९Aug 09 2022

Logo
images
images
images
images
राजनीतिक बिशेष

कम्युनिस्ट सरकारले दियो रक्षामन्त्री पोखरेलका सम्धीलाई बम्फ़र उपहार !

कम्युनिस्ट सरकारले दियो रक्षामन्त्री पोखरेलका सम्धीलाई बम्फ़र उपहार !

  • मिडिया डबली
  • मंगलवार, भाद्र ९ २०७७

  • 17.2K
    SHARES

  • कम्युनिस्ट सरकारले दियो  रक्षामन्त्री पोखरेलका सम्धीलाई बम्फ़र उपहार !

    काठमाडौं - खड्गप्रसाद ओली नेतृत्वको झन्डै दुईतिहाइको कम्युनिस्ट सरकारले उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी प्रा.डा.उपेन्द्र कोइरालालाई राष्ट्रिय बाणिज्य बैकको सन्चालक समितिकाे सदस्यमा नियुक्त गरेको छ ।

    अर्थमन्त्री डा. युवराज खतिवडाले प्रा.डा.कोइरालालाई शुक्रबार बाणिज्य बैंकको सदस्यमा नियुक्त गरेका हुन् । खड्गप्रसाद ओलीकाे दवावमा पाेखरेलका सम्धीलाई नियुक्त गरेकाे जनाइएकाे छ ।

    images
    images
    images

    शुक्रबार सदस्यमा नियुक्त प्रा.डा.कोइरालालाई बैंकले बुधबार सञ्चालक समितिको बैठक राखी अध्यक्ष चयन गर्दैछ । बाणिज्य बैंकका अध्यक्ष निर्मलहरि अधिकारीलाई राजस्व बोर्डको सदस्यमा नियुक्ति गरी प्रा.डा.कोइरालालाई बैंकको अध्यक्ष चयन गर्न लागिएको स्रोतले नजाएको छ ।

    उपप्रधान तथा रक्षामन्त्री पोखरेलका सम्धी प्रा.डा.कोइराला सातौं पटक सरकारी नियुक्ति पाउने भाग्यमानी व्यक्ति हुन् । उनी २०५१ सालको तत्कालीन एमाले सरकारको पालामा खाद्य संस्थानको महाप्रबन्धक भएका थिए ।

    खाद्य संस्थानको महाप्रबन्धक भएपछि प्रा.डा.कोइराला महेन्द्र मोरङ बहुमुखी क्याम्पसको प्रमुख बनाइएका थिए । त्यसपछि बिराटनगरकै स्नातकोत्तर क्याम्पसको प्रमुख भए ।

    ०५८ मा ईश्वर पोखरेल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री भएको समयमा सम्धी प्रा.डा.कोइराला आयल निगमको कार्यकारी अध्यक्ष नियुक्त भएका थिए । आयल निगमको कार्यकारीबाट कार्यकाल सकिएपछि बीचमा केही समय प्रा.डा.कोइराला खाली बसेका थिए ।

    त्यसपछि पुनः उनी उच्च माध्यमिक शिक्षा परिषदको उपाध्यक्षमा नियुक्त भएका थिए । उच्च मावि शिक्षा परिषदको उपाध्यक्षबाट केही समय राजेन्द्र खेतानको लक्ष्मी बैंकको अध्यक्ष पनि भएका छन् ।

    प्रा.डा.कोइरालालाई उपप्रधानमन्त्री पोखरेलले मध्यपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपतिमा नियुक्ति दिलाए । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको भीसीको कार्यकाल सकिएको केही महिनामात्र भएपछि उनलाई राष्ट्रिय बाणिज्य बैंकको अध्यक्ष बनाइएको छ ।

    पूर्वएमालेमा राजनीतिक योगदान भएका थुपै्र नेता कार्यकर्ता र पेशाकर्मी छन् । अहिले नेकपामा पनि एकसे एक पार्टीका लागि त्याग गर्नेहरूको बाहुल्य छ । नेकपा सत्तामा आएपछि नियुक्ति भने नेताका आफन्तले मात्र पाउँछन् भन्ने दृष्टान्त प्रा.डा.कोइरालाको सातौं नियुक्तिले पुष्टि भएको छ ।

    नेकपाकै नेता कार्यकर्ताले प्रा.डा.कोइरालाको नियुक्तिको बिरोधमा सामाजिक संजालमा लेख्न थालेका छन् । युवा संघका स्थायी समिति सदस्य देवराज पोखरेलले लेखेका छन्, ‘उपप्रधानमन्त्रीको सम्धी पर्नु भएछ । त्यसैले कुनै उल्लेखनीय काम नगर्दा नगर्दै पनी ०५१–५२ देखी निरन्तर नियुक्ति पाउनु भएको छ । लाखौं नेता कार्यकर्ताको रगत र पसिना बगाएको, सम्धी पोस्न हुँदै होइन ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, भाद्र १२ २०७७१०:१२:०४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend