काठमाडौं– अब मुलुकभर सोलोडोलो लकडाउन नहुने भएको छ। उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले सोलोडोलो रूपमा लकडाउन नहुने बताएका हुन्।
सुरूवाती दिनहरूमा सबैतिर एउटै किसिमको लकडाउन गरिएको भए पनि अब संक्रमणको अवस्था हेरेर ठाउँअनुसार लकडाउन हुने पोखरेलको भनाइ छ।
सिसिएमसी निर्देशक समितिका संयोजकसमेत रहेका उपप्रधानमन्त्री पोखरेलले सामान्य अवस्था नआउँदासम्म भीडभाड हुने ठाउँहरू बन्द रहने बताए। सरकारले लकडाउन खुकुलो पारेको भन्दा पनि लकडाउनको मोडालिटी परिवर्तन गरेको उनले बताए।
जेठ २८ गते बसेको मन्त्रिपरिषद बैठकले लकडाउनको नयाँ मोडालिटी बनाएको थियो। त्यसपछि मानिसको आवतजावतलाई केही खुकुलो पारिएको छ भने दैनिक गतिविधि पनि बढेका छन्।
महामारीबाट पनि बच्नु पर्ने र सँगै भोकमरीसँग पनि जुध्नुपर्ने भएकाले यसका लागि गतिविधि बढाउन मोडालिटी परिवर्तन गरिएको उनको भनाइ छ।
सरकारले कोरोनाभाइरसको संक्रमण रोक्न भन्दै गत चैत ११ देखि देशव्यापी लकडाउन गरेको थियो। साढे दुई महिना बढी भएको देशव्यापी लकडाउनले अर्थतन्त्रमा गहिरो प्रभाव पारेको भन्दै असार १ गतेदेखि लकडाउन खुकुलो पारिएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।