शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

अन्ततः यी कम्युनिस्ट मुख्यमन्त्रीले दिए जनतालाई ठूलो धोका !

अन्ततः यी कम्युनिस्ट मुख्यमन्त्रीले दिए जनतालाई ठूलो धोका !

  • शनिवार, माघ ११ २०७६

  • 6.5K
    SHARES

  • बुटवल – ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले चुनावमा दाङलाई प्रदेश राजधानी बनाउने भनेर भोट माग्दै प्रदेश सांसद निर्वाचित भएपनि अन्ततः दाङवासी मतदातालाई धोका दिएका छन् । बुटवल राजधानी हुनुपर्ने लबिङ गर्दै आएका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महासचिव विष्णु पौडेलको सन्दर्भ निकाल्दै मुख्यमन्त्री पोखरेलले आफूले दाङ राजधानी हुनुपर्छ भन्ने विचार छाडेको बताएका छन् । शनिबार बुटवलमा प्रेस संगठन नेपालको प्रदेश भेलालाई सम्बोधन गर्दै नेकपा स्थायी कमिटी सदस्य समेत रहेका पोखरेलले प्रदेश राजधानी विषयमा कसैले दम्भ देखाउन नहुने बताएका छन् । ‘मैले दाङ राजधानी हुनुपर्छ भनेर चुनाव लडें । पार्टी महासचिव विष्णु पौडेल पनि बुटवल राजधानी बनाउँछु भनेर चुनाव लड्नुभयो,’ मुख्यमन्त्री पोखरेलले भने, ‘अब मेरो पनि कुनै निजी विचार छैन । महासचिवले पनि पत्रकारलाई फोन गरेर राजधानीको विषयमा लबिङ नगर्नुहोला ।’ महासचिव विष्णु पौडेलले बुटवल नै स्थायी राजधानी बनाउन सक्रियता जनाइरहेका बेला मुख्यमन्त्री पोखरेलले भने दाङ राजधानी हुनुपर्ने विचार छाडेका छन् । यसअघि नै पोखरेलले मुख्यमन्त्री पदसँग प्रदेश राजधानी साटेको आरोप लाग्दै आएको छ । बुटवल राजधानी भएको अवस्थामा आफू प्रदेशबाट छुट्टिएर कर्णाली प्रदेशमा जोडिने भन्दै बर्दिया र बाँके जिल्लाले चर्काे आवाज उठाइरहेका बेला मुख्यमन्त्री पोखरेलले दाङ राजधानीको विचार छाडेर बुटवल नै राजधानी हुने संकेत गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, माघ ११ २०७६०२:३७:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend