बुधवार, भाद्र ३१ २०८३Sep 16 2026

Logo
images images

‘बाढीको सूचना पाएर उद्धारमा खटिएकाहरू नै बेपत्ता भए’ : प्रधानमन्त्री

‘बाढीको सूचना पाएर उद्धारमा खटिएकाहरू नै बेपत्ता भए’ : प्रधानमन्त्री

  • मिडिया डबली
  • बुधवार, भाद्र १७ २०८३

  • 1.0K
    SHARES

  • ‘बाढीको सूचना पाएर उद्धारमा खटिएकाहरू नै बेपत्ता भए’ : प्रधानमन्त्री

    काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाहले रसुवामा आएको विपत्तिलाई अहिलेसम्मकै ठूलो र असामान्य प्राकृतिक विपत्तिका रूपमा व्याख्या गरेका छन्।

    बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले रसुवामा आएको बाढी तथा त्यसबाट भएको क्षति अत्यन्त ठूलो रहेको बताएका हुन्। उनले यस घटनाको गम्भीरता र प्रभावबारे आफूहरूलाई समेत प्रारम्भमा पूर्ण जानकारी हुन नसकेको बताए।

    प्रधानमन्त्री शाहका अनुसार बाढी आउन सक्ने सूचना पाएपछि उद्धार तथा व्यवस्थापनमा खटिएका केही व्यक्तिसमेत बाढीको चपेटामा परेर बेपत्ता भएका छन्।

    ‘मानव सभ्यताले भोगेको ठूलो घटना हो। यो विपत् पूर्वअनुमानबिनाको घटना हो,’ प्रधानमन्त्री शाहले सदनमा भने, ‘बाढी आउँछ भन्ने जानकारी पाएपछि खटिनुभएका व्यक्तिहरू समेत बेपत्ता हुनुहुन्छ।’ उनले विपत्तिको व्यापकता र प्रभावित क्षेत्रमा देखिएको अवस्थाले उद्धार तथा राहत कार्यमा थप चुनौती सिर्जना गरेको बताए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, आषाढ ८ २०७९०९:०६:१६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend