आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images
राजनीतिक बिशेष

सहकारी ठग्ने र दुई चार थान नागरिकता राख्नेलाई पनि घर पठाइदिऔं : गगन थापा

सहकारी ठग्ने र दुई चार थान नागरिकता राख्नेलाई पनि घर पठाइदिऔं : गगन थापा

  • मिडिया डबली
  • सोमवार, फाल्गुण १४ २०८०

  • 2.3K
    SHARES

  • सहकारी ठग्ने र दुई चार थान नागरिकता राख्नेलाई पनि घर पठाइदिऔं : गगन थापा

    काठमाडौँ - नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले विभिन्न दोषमा मुछिएका सांसदहरुलाई घर पठाइदिएर अनुसन्धान गर्न लगाए संसदको काम कारबाही स्वतस्फूर्त बढ्ने विश्वास गरेका छन् ।

    प्रतिनिधि सभाको सोमबारको बैठकको शून्य समयमा बोल्दै नेता थापाले विगत केही दिनदेखि पक्ष र विपक्षका सांसदहरुबीच दोहोरी चलिरहेको भन्दै यो दोहोरी रोक्नका लागि विभिन्न आरोप लागेका सांसदहरुको झण्डा छोपेर घर पठाइदिन सक्ने हो भने बल्ल व्यवस्थित तरिकाले विभिन्न समस्याबारे गम्भीर छलफल गर्न सकिने बताए ।

    उनले भने, ‘विगत केही दिनदेखि यताको पक्षले उताको पक्षलाई दागी देखाउने र यताको पक्षले उताको पक्षलाई दागी देखाउने दोहोरी चलिरहेको छ । यही पाराले त न संसद राम्रोसँग चल्ने भयो मूल विषय पनि छायाँमा पर्ने भयो । अब यसो गर्न लगाउँ आसनको दायाँ बस्ने होस् कि बायाँ बस्ने होस् काखैको होस् कि पाखैको होस्, अख्तियारले डामेको, आयोगले पोलेको र सरकारी जग्गामा आँखा गाडेको झण्डावालाको झण्डा छोपेर घर पठाइदिउँ । अनि सहकारी ठग्ने, दुई चार थान नागरिकता राख्नेलाई पनि यहाँ राखेर होइन घरै पठाइदिएर अनुसन्धान गर्न लगाउँ ।’

    थापाले अगाडि भने, ‘यत्ति गर्न सकेदेखि के होला निर्दोष भए फर्केर आउनु होला फूलमाला लगाएर स्वागत गरौँला । दोषी भए दण्ड बेहोर्नुहोला । अलिअलि सफा गर्न सके बडो मजाले यहाँ मिटरब्याजका बारेमा, दूधको किसानको मूल्य नपाएको बारेमा, एनसेलको प्रतिवेदनका बारेमा जमेर सार्थक छलफल गर्न सकिन्थ्यो होला । होइन भने यताकोले उता देखाउने, उताकोले यता देखाउने दोहोरी चाहिँ चलिराख्ने भयो ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आश्विन २२ २०७७०७:०३:५९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend