आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images
राजनीतिक बिशेष

माघ १२ गते अब कांग्रेसको स्थापना दिवस, गगनले सम्झे पार्टी स्थापना गर्ने नेतागणलाई

माघ १२ गते अब कांग्रेसको स्थापना दिवस, गगनले सम्झे पार्टी स्थापना गर्ने नेतागणलाई

  • मिडिया डबली
  • शुक्रवार, माघ १२ २०८०

  • 2.6K
    SHARES

  • माघ १२ गते अब कांग्रेसको स्थापना दिवस, गगनले सम्झे पार्टी स्थापना गर्ने नेतागणलाई

    काठमाडौं - नेपाल राष्ट्रिय कांग्रेस र नेपाल प्रजातान्त्रिक कांग्रेसको एकीकरणबाट यो दलको स्थापना २००६ चैत २७ मा भए पनि कांग्रेसले २००३ माघ १२ गतेलाई आफ्नो स्थापना दिवस मान्दै आएको छ ।

    २००३ माघ १२ गते कांग्रेसको प्रथम महाधिवेशन भएको थियो । यही दिनलाई कांग्रेसले आफ्नो स्थापना दिवस मान्दै आएको छ । आज कांग्रेसले आफ्नो ७८औं स्थापना दिवस मनाउन लागेको हो । लगभग १० लाख क्रियाशील सदस्यसहित कांग्रेस देशको सबैभन्दा ठूलो पार्टी हो।

    ठूलो दल र सरकारमा रहेर पनि नेपाली कांग्रेस अहिले गम्भीर मोडमा उभिएको छ । एकातिर कम्युनिस्ट पार्टीको बोलवाला छ भने अर्कोतिर नयाँ दल र स्वतन्त्रले चुनौती दिइरहेको छ । यस्तो अवस्थामा नेतृत्वले सुझबुझका साथ पार्टीलाई अघि बढाउनुपर्ने दायित्व छ ।

    स्थापना दिवसको अवसरमा कांग्रेस महामन्त्री गगन थापाले सबैलाई शुभकामना दिएका छन् । ‘यस अवसरमा सबै कांग्रेस कार्यकर्ता तथा शुभेच्छुकहरूमा शुभकामना ।

    पार्टी स्थापनाकालदेखि आजसम्म पार्टी निर्माणमा योगदान पुर्‍याउनुहुने सम्पूर्ण श्रद्धेय नेतागण, बलिदानी दिने सहिद तथा योद्धाहरूप्रति हार्दिक नमन गर्न चाहन्छु।

    नेपाली कांग्रेसको नेतृत्वमा मुलुकले हासिल गरेको राजनैतिक र आर्थिक उपलब्धिको जगमा समुन्नत नेपाल, सम्मानित नेपालीको सपना साकार पार्ने अभियानमा लाग्न सम्पूर्णलाई आग्रहसमेत गर्दछु,’ गगनले भनेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आश्विन २२ २०७७०७:०३:५९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend