काठमाडौं - नगरपालिकाको बोर्ड छोपेर जिल्ला सम्मेलन गरेकोमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले माफी मागेका छन् ।
उनले पाल्पा जिल्ला सम्मेलनका क्रममा भएको लापरवाहीप्रति क्षमा मागेका हुन् । पाल्लाको जिल्ला सम्मेलनका क्रममा नगरपालिकाको बोर्ड ढाकेर कार्यक्रम गरिएको थियो ।
नगरपालिकाको व्यानर छोप्नु र सम्मेलनको व्यानर राख्नु गम्भीर लापरवाही भएकाले आगामी दिनमा यस्तो नहुने भन्दै उनले क्षमा मागेका छन् । उनले यसलाई एउटा सिकाइ भएको भन्दै आगामी दिनमा सचेत रहने प्रतिबद्धतासमेत जनाएका छन् ।
‘पाल्ला जिल्ला सम्मेलनका क्रममा भएको लापरवाहीप्रति क्षमा चाहन्छु, सरी १ सम्मेलनको लागि नगरपालिको तल्लो तलामा रहेको हल भाडामा लिएर त्यसमा नै मूल ब्यानर टाँगेर कार्यक्रम सुरु भएको थियो तर हल बाहिर रहनुभएका साथीहरुले पनि मेरो कुरा सुन्न पाउनुप¥यो भनेर माग गरेपछि, मन्तव्यको लागि आयोजकले भवनको माथिल्लो तलाको बार्दलीमा लैजानुभयो । त्यसका लागि नगरपालिकाको ब्यानर छोप्नु र सम्मेलनको ब्यानर राख्नु गम्भीर लापरवाही हो । यसबारे जानकारी नराख्नु र ध्यान नपुग्नु मेरो पनि गल्ती हो । त्यसप्रति म माफी चाहन्छु । पार्टीका निम्ति यो एउटा सिकाइ भएको छ । आगामी दिनमा यस्ता विषयमा थप सचेत रहनेछौँ,’ थापाले बुधबार सामाजिक सञ्जालमार्फत् भनेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।