काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भदौ अन्तिम साता हुने नीति महाधिवेशनबाट महत्वपूर्ण निर्णय लिने बताएका छन् ।
कांग्रेसबाट निर्वाचित पालिकाका जनप्रतिनिधिलाई प्रशिक्षण दिन सोमबार दाङ पुगेका महामन्त्री थापाले भने, ‘हामी भदौको मसान्तमा नीति महाधिवेशन गर्छौ । नीति महाधिवेशनबाट पार्टीका महत्त्वपूर्ण निर्णयहरू गर्छौँ।’
महाधिवेशन सकिएको ६ महिनापछि नीति महाधिवेशन गर्ने भनिए पनि हालसम्म मिति तोकिएको छैन । महाधिवेशन सकिएको डेढ वर्ष बितेको छ । पछिल्लो समय कांग्रेसमा नेतृत्वको तीव्र आलोचना भइरहेको छ ।
अहिलेकै ढंगले चले कांग्रेस कोल्याप्स हुने अवस्थामा पुग्ने भन्दै थापाले सुधारको काम नीति महाधिवेशनबाट हुने बताए । कांग्रेस बाँच्नुको आधार मर्न तयार हुने, तर सिद्धान्तमा सम्झौता तयार नहुने कारणले भएको उनले बताए।
पछिल्लो समय सरकारका लागि कांग्रेस जे पनि गर्ने पार्टीका रुपमा चित्रित भएको थापाको भनाइ छ। ‘जोसँग पनि मिल्छ, जे पनि गर्छ ।
नहुने कुरा पनि गर्छ भन्ने हुँदै गएको छ, उनले भने, ‘हाम्रा केही गलत क्रियाकलापले होला । यो कुराहरु सच्याएनौं भने पार्टीको बैठक मात्रै सच्याएर हुँदैन।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।