आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

शेखर–गगन समूहको बैठकप्रति सबैको आँखा

शेखर–गगन समूहको बैठकप्रति सबैको आँखा

  • मिडिया डबली
  • बिहिवार, पौष २१ २०७९

  • 4.1K
    SHARES

  • शेखर–गगन समूहको बैठकप्रति सबैको आँखा

    काठमाडौं - नेपाली कांग्रेस सत्ताबाट बाहिरिएपछि आगामी पुस २८ गते केन्द्रीय समिति बैठक बोलाएको छ ।

    २२ पुसमा बोलाइएको केन्द्रीय समिति बैठक प्रतिनिधिसभा अधिवेशन र प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने भएको सो विषयमा संसदीय दल बैठक बस्नुपर्ने भन्दै कांग्रेसले २८ पुसमा बैठक सारेको हो । पार्टी नेतृत्वले समयमै सुझबुझ पुर्याउन नसक्दा सत्ताबाट बाहिरिनुपरेको भन्दै कांग्रेसमा तीव्र असन्तुष्टि बढेको छ ।

    संस्थापन इतर समूहले सभापति शेरबहादुर देउवालाई सत्ताबाट बाहिरिनुपरेको आरोप डा.शेखर कोइराला–गगन थापा समूहले लगाउँदै आएको छ । शेखर–गगन समूहले गठबन्धन टुटेको तथा चुनावी समीक्षा गर्न आज भेला बोलाएको छ ।

    भेलाले चुनाव र गठबन्धनबारे केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने एजेन्डा तय गर्ने सहमहामन्त्री जीवन परियारले जानकारी दिए । शेखर–गगन समूहको भेलाप्रति सबैको चासो बढेको छ ।

    नयाँ सत्ता समीकरण बनेपछि यसअघि नै इतर समूहका नेताहरु शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे, नेताहरू अर्जुननरसिंह केसी, चन्द्र भण्डारी, मिनेन्द्र रिजाल, बलबहादुर केसी, रामकृष्ण यादव, सरिता प्रसाईंलगायत बसेर छलफल गरेका थिए ।

    सो भेलाले पार्टीलाई सशक्त ढंगले अघि बढाउने निर्णय गरेको थियो । साथै, सो समूहमा अर्का महामन्त्री विश्वप्रकाश शर्मा, प्रदीप पौडेललाई पनि सहभागी गराउनुपर्ने नेताहरूले सुझाव दिएका थिए ।

    अहिलेको संस्थापन पक्षबाट पार्टीको संगठन अघि नबढ्ने निष्कर्ष निकाल्दै आफूहरूले नै नेतृत्व लिने शेखर–गगन समूहको तयारी छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आश्विन २२ २०७७०७:०३:५९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend