आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images
राजनीतिक बिशेष

गगन थापा प्रधानमन्त्रीको दौडमा, युवा पुस्ताकै सबैभन्दा भरोसायोग्य नेता

गगन थापा प्रधानमन्त्रीको दौडमा, युवा पुस्ताकै सबैभन्दा भरोसायोग्य नेता

  • मिडिया डबली
  • बिहिवार, मंसिर १ २०७९

  • 2.8K
    SHARES

  • गगन थापा प्रधानमन्त्रीको दौडमा, युवा पुस्ताकै सबैभन्दा भरोसायोग्य नेता

    काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापा सम्भवतः यो पुस्ताको सबैभन्दा भरोसायोग्य र क्षमतावान युवा नेता हुन् । कांग्रेसमा मात्र होइन, अन्तरराष्ट्रिय परिस्थिति बुझेको, पत्याउन सक्ने र विपक्षीहरूले पनि आशा गरेका दीप हुन् गगन । 

    युवाका प्रतिनिधि र प्रधानमन्त्री बन्न सक्ने सम्भावना भएका नेता हुन् उनी । आफूलाई प्रधानमन्त्रीको दाबेदारका रूपमा प्रस्तुत गरेर कांग्रेस महामन्त्री थापा आसन्न निर्वाचनमा काठमाडौं ४ बाट उम्मेदवार छन् । ०७४ मा त्यही क्षेत्रबाट उनले वाम गठबन्धनका उम्मेदवार एमालेका राजन भट्टराईलाई तीन हजार ४१८ को मतान्तरले पराजित गरेका थिए । ०७४ मा थापाले २१ हजार ५५८ मत ल्याएका थिए भने भट्टराईले १८ हजार १४० मत पाएका थिए । 

    योपटकको निर्वाचनको प्रचार प्रसारमा गगनको छायामा परे एमाले नेता भट्टराई । कहीँकतै उनको चर्च र परिचर्चासमेत सुनिएन । एक हिसाबले गगनले काठमाडौंमा एउटा माहोल नै ल्याइदिएका छन् । अघिल्लो निर्वाचनमा वामगठबन्धनको चक्रब्यूह तोडेर निर्वाचित भएका उनी यसपटक महामन्त्री मात्र होइन, प्रधानमन्त्री बन्ने दौडमा रहेकाले पनि काठमाडौं ४ मा एउटा लहर नै चलेको छ थापालाई जिताउन । 
    राष्ट्रिय मुद्दामा पार्टीको घेराबाट माथि उठेर बोल्नसक्ने छवि बनाएका थापा हक्की स्वभावका छन् । संसदमा रहँदा उनले सत्ता र प्रतिपक्षी सांसदका रूपमा सशक्त भूमिका निभाएका थिए । 

    कांग्रेसको महाधिवेशनपछि महामन्त्री निर्वाचित भएका थापा यो संसदीय निर्वाचनपछि पार्टीको संसदीय दलको नेता हुँदै प्रधानमन्त्रीको दौडमा छन् । आफू सांसद मात्र होइन, देश चलाउने सिटमा बस्न चाहेको भन्दै उनले पार्टी र देश दुवैको नेतृत्व लिने बताएपछि युवा पुस्तामा आशाको रक्तसञ्चार भएको छ ।

    ०५१ बाट त्रिचन्द्र क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा नेविसंघबाट स्ववियु सदस्यमा निर्वाचित भएपछि थापाको राजनीतिक यात्रा सुरु भएको थियो । ०६४ मा संविधानसभामा समानुपातिक सांसद बनेपछि उनको संसदीय यात्रा सुरु भएको थियो ।

    ०७० मा काठमाडौं ४ बाट निर्वाचित भए । ०७३ मा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा स्वास्थ्यमन्त्री बने । प्रभावशाली भाषण कला भएका थापाले संसदमा प्रतिपक्षको भूमिकामा रहँदा सरकारका कतिपय गलत कदममाथि खबरदारी गरेका थिए । अमेरिकी सहयोगका सन्दर्भमा एसपीपी खारेज र एमसीसी अनुमोदनका सन्दर्भमा पार्टीको घेराभन्दा माथि उठेर काम गरे । 

    कांग्रेसको महामन्त्री भइसकेपछि थापा र विश्वप्रकाश शर्माले एक वर्षमा पार्टीमा रहेका धेरै विकृति र विसंगति हटाउँदै लगेका छन् । पार्टीको नियमित बैठक बस्न थालेको छ । तर अझै पनि बुढो कांग्रेसलाई युवा बनाउन सकिएको छैन । त्यसका लागि दुवैले प्रयास जारी राखेका छन् ।

    यसपटक दुवै नेता चुनाव जितेर आउने निश्चित छ । पार्टीको महाधिवेशनमा महामन्त्रीमा जितेर हमला बोलेका थापा र शर्माले यो चुनावपछि देशको नेतृत्व लिनुपर्ने धेरैको माग छ । समयको माग छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आश्विन २२ २०७७०७:०३:५९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend