आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

अमरेशको निर्वाचन क्षेत्र सर्लाही ४ बाट कांग्रेस महामन्त्री गगन थापाको एकल नाम सिफारिस

अमरेशको निर्वाचन क्षेत्र सर्लाही ४ बाट कांग्रेस महामन्त्री गगन थापाको एकल नाम सिफारिस

  • मिडिया डबली
  • सोमवार, भाद्र २० २०७९

  • 6.5K
    SHARES

  • अमरेशको निर्वाचन क्षेत्र सर्लाही ४ बाट कांग्रेस महामन्त्री गगन थापाको एकल नाम सिफारिस

    काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाको सर्लाही ४ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ एकल नाम सिफारिस भएको छ ।

    सर्लाही ४ प्रदेश (क) र (ख) क्षेत्रले आइतबार संघीय सांसदका लागि नेता थापाको एकल नाम सिफारिस गरेको हो । सोही सिफारिसलाई सोमबार कांग्रेस सर्लाही ४ क्षेत्रीय कार्यसमितिले अनुमोदन गरेर प्रदेश कार्यसमितिलाई पठाएको कांग्रेस सर्लाहीको सभापति सुरेन्द्रकुमार सिंहले जानकारी दिए ।

    ‘आइतबार कांग्रेस सर्लाही ४ प्रदेश (क) र (ख) क्षेत्रीय समितिले महामन्त्री गगन थापालाई संघीय सांसदको उम्मेदवार सिफारिस गरेको थियो । सोही नामलाई सोमबार ४ नम्बर क्षेत्रीय कार्यसमितिले सर्वसम्मत सिफारिस गरी प्रदेश कार्यसमितिलाई पठाएको छ ।

    युवा नेता गगन थापालाई सर्लाही ४ का जनताले चुनाव लड्न माग गरेका छन् । जनताको माग भएकैले उहाँको एकल नाम सिफारिस भएको हो,’ सिंहले भने । सर्लाही ४ मा संघीय सांसद कांग्रेसकै अमरेशकुमार सिंह छन् ।

    तर, उनको नाम सिफारिसमा परेन । केही समयदेखि उनी कांग्रेस जिल्ला कार्यसमितिका सदस्यहरूको सम्पर्कमा समेत छैनन् । यस्तै, सर्लाही ४ (क) प्रदेशमा प्रत्यक्षतर्फ वीरेन्द्रकुमार सिंहको नाम सर्वसम्मत सिफारिस भएको छ ।

    सोही क्षेत्रको समानुपातिकमा युवा नेता रघु कार्कीको नाम पनि सिफारिस भएको सिंहले जानकारी दिए । (ख) मा प्रत्यक्षतर्फ अशोककुमार सिंहलगायत चार–पाँचजनाको नाम सिफारिस गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आश्विन २२ २०७७०७:०३:५९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend