आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

गगनले दिएको एक अभिव्यक्तिले माओवादीमा खैलाबैला, जनप्रतिनिधिमा उत्साह 

गगनले दिएको एक अभिव्यक्तिले माओवादीमा खैलाबैला, जनप्रतिनिधिमा उत्साह 

  • मिडिया डबली
  • मंगलवार, श्रावण ३१ २०७९

  • 8.0K
    SHARES

  • गगनले दिएको एक अभिव्यक्तिले माओवादीमा खैलाबैला, जनप्रतिनिधिमा उत्साह 
    फाइल तस्बिर

    काठमाडौं ।  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २०७४ को मत परिणामका आधारमा कांग्रेसलाई मूल्यांकन गर्दा गलत हुने बताएका छन्। देशभरका स्थानीय तहमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुलाई बधाइ, शुभकामना र अभिमुखीकरण कार्यक्रममा मंगलबार सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन्। 

    गठबन्धनमा सिट बाँडफाँड गर्दा ०७४ को निर्वाचनानुसार सिट भागबन्डाको प्रयास भइरहेको भन्दै त्यसअनुसार गठबन्धनमा सिट बाँडफाँड र सहमति जनाउन नसकिने उनको भनाइ छ। सत्ता गठबन्धनमा कांग्रेसको आधार भनेको २०७९ को निर्वाचन परिणाम भएको उनको भनाइ छ। २०७९ को निर्वाचनको परिणामकै आधारमा कांग्रेसले गठबन्धनभित्र सम्मानजनक सिट पाउने उनको भनाइ थियो। 

    ‘केही अरू दलका साथीहरू हामीलाई २०७४ तिर फर्काउन चाहनुहुन्छ। हामी उहाँहरूलाई २०७९ सम्झाउन चाहन्छौँ,’ प्रशिक्षणका क्रममा उनले जनप्रतिनिधिहरूसँग भनेका थिए, ‘२०७९ को स्थानीय निर्वाचन सम्झिँदै गर्दा खुसी लाग्छ, हाम्रो फुर्ति बढ्छ। आज हाम्रो व्यक्तित्व अग्लिएको कुनै आधार, कारणले हो भने त्यो तपाईंहरूका कारणले हो। स्थानीय तहमा जितेको कारणले हो। त्यसकै आधारमा २०७९ को मंसिर ४ को निर्वाचनमा जाने तयारी गरिरहेका छौँ।’

    उनले ०७४ को निर्वाचनमा निर्वाचित जनप्रतिनिधिले स्थानीय तहमा मेहनत गरेर काम गरेकै कारण अहिले कांग्रेस फेरि त्यस्ता स्थानीय तहमा दोहोरिएर जित्न सफल भएको बताएका थिए। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आश्विन २२ २०७७०७:०३:५९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend