आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

गगन थापा भन्छन्– विदेशमा रहेका नेपालीलाई समानुपातिक निर्वाचनमा मतदानको अधिकार दिन आयोग तयार हुनुपर्छ

गगन थापा भन्छन्– विदेशमा रहेका नेपालीलाई समानुपातिक निर्वाचनमा मतदानको अधिकार दिन आयोग तयार हुनुपर्छ

  • मिडिया डबली
  • मंगलवार, आषाढ ७ २०७९

  • 2.9K
    SHARES

  • गगन थापा भन्छन्– विदेशमा रहेका नेपालीलाई समानुपातिक निर्वाचनमा मतदानको अधिकार दिन आयोग तयार हुनुपर्छ

    काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विदेशमा रहेका नेपालीलाई समानुपातिक प्रणालीमा मतदानको अधिकार दिन निर्वाचन आयोगले इच्छाशक्ति देखाउनुपर्ने बताएका छन् ।

    मंगलबार निर्वाचन आयोगमा पुगेर कांग्रेस महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले विदेशमा रहेका नेपालीलाई पनि मतदानको अधिकार दिन ज्ञापनपत्र बुझाएका छन् ।

    आयोगलाई पत्र बुझाएपछि आयोजित पत्रकार सम्मेलनमा महामन्त्रीद्वय थापा र शर्माले सर्वोच्च अदालतले सरकारका नाममा परमादेश नै जारी गरिसकेकाले यसपटकको निर्वाचनमा विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिलाउनुपर्ने बताए ।

    ‘निर्वाचन नै नहुने कतिपय देशमा नेपालीलाई मतदानको अधिकार दिन त्यहाँको कानुनले अप्ठेरो पार्ला, तर जुन जुन देशबाट सम्भव छ त्यहाँ अहिले नै सुरुवात गर्नुपर्छ,’ थापाले भने, ‘यस विषयमा सर्वोच्च अदालतले परमादेश नै दिइसकेको छ ।

    राजनीतिक दलहरूबीच पनि पटक पटक छलफल भएको छ । कांग्रेसले पनि यो विषयलाई पहिलेदेखि नै उठाएको छ ।’ उनले अझै पनि चार–पाँच महिनाको समय बाँकी रहेकाले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिन सकिने उल्लेख गरे ।

    निर्वाचन आयोगले काम सुरु गरेलगत्तै सरकारले यसमा सक्दो सहयोग गर्नुपर्ने उनको भनाइ छ । कांग्रेसका अर्का महामन्त्री शर्माले हरेक विषय कांग्रेसकै अगुवाइ र नेतृत्वमा हुने गरेको जिकिर गर्दै यो विषय मौलिक हकअधिकार पनि भएको बताए ।

    थापा र शर्माले सोमबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिन ध्यानाकर्षण गराएका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आश्विन २२ २०७७०७:०३:५९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend